अब पोखरासम्म पुग्ने सडकलाई पनि फराकिलो बनाउने

0
186

१९ पुस, काठमाडौं । सरकारले अब पोखरासम्म पुग्ने सडकलाई पनि फराकिलो बनाउने भएको छ ।

Advertisements

सडक विभागले अहिले पृथ्वी राजमार्ग अन्तरगत मुग्लिन-नारायणगढ सडकखण्डलाई चार लेनको बनाउन काम सुरु गरेको छ ।

र, एसियाली विकास बैंकको सहयोग आउने भएपछि मुग्लीन-पोखराको झण्डै ९३ किलोमिटर सडक विस्तारको विस्तृत डिजाइनिङ थालिएको विभागले जनाएको छ । क्यानेडियन कम्पनी एमएमएम ग्रुपले मुग्लिन-पोखरा सडकको डिजाइनिङको जिम्मा पाएको छ र, उसले फिल्डमै पुगेर सडकको अवस्था हेरेर डिजाइन तयार गर्नेछ ।‘नेक्स्ट’ प्रोजेक्टका रुपमा पोखरा पुग्ने सडकलाई स्तरउन्नति गर्न ऋण दिन एडिबी तयार रहेको सडक विभागका एक उच्च अधिकारीले बताए ।

विस्तार भएपछि अन्य डिभाइडरको दुईतर्फ सडक ७-७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुनेछ ।

डिजाइनबाट नै यो सडकखण्ड कस्तो बन्ने भन्ने टुंगो लाग्ने भएकाले निर्माण मोडेलसहितका विषय केही समय पछि भन्न सकिने सडक विभागका अधिकारीहरु बताउँछन् ।विभागले निकट भविष्यमै बुटवल-नारायणगढ सडकखण्ड पनि ४ लनेको बनाउँदैछ । नारायणगढ-मुग्लिन सडक पनि विस्तारको लागि काम भइरहेको छ । विभागले निकट भविष्यमै बुटवल-नारायणगढ सडकखण्ड पनि ४ लनेको बनाउँदैछ । नारायणगढ-मुग्लिन सडक पनि विस्तारको लागि काम भइरहेको छ ।

LEAVE A REPLY