भारतीय सुन्दरी खुशी शाह जसले म्युजिक भिडियो रिलिज नहुँदै संसार छाडिन्,

0
265

टर्कीको राजधानी इस्तान्बुलको नाइट क्लबमा भएको आतंकवादी हमलामा ज्यान गुमाउने भारतीय सुन्दरी खुशी शाहको सपना पूरा हुनुभन्दा पहिला नै उनले यो संसार छाडिन् ।खुशी जो एक फेसन डिजाइनर थिइन् उनले एक म्युजिक भिडियो शूट गरेकी थिइन् तर, खुशीले यो भिडियो रिलिज भएको देख्न पाइनन् ।

Advertisements

खुशीले गत वर्षको अक्टुबर महिनामा यो भिडियोका लागि दुबईमा शूटिंग गरेकी थिइन् । भिडियोमा उनी पहिलोपटक मोडलको रुपमा देखिएकी थिइन् ।भिडियोका निर्देशक एवं खुशीका साथी अजीजका अनुसार न्यु इयरभन्दा चार दिन अगाडिसम्म खुशी आफ्नो म्युजिक भिडियोलाई लिएर निकै नर्भस थिइन् । भिडियो जनवरीमा रिलिज हुनेवाला थियो ।

साथै खुसी आफ्नो करियरलाई लिएर गम्भीर थिइन् । हरेक परिचितसँग आफ्नो करियर महत्वकांक्षाबारे सोध्ने गर्थिन् ।खुसीले फेसन अपैरल डिजाइनमा अमेरिकन इन्टरकांन्टिनेन्टल युनिवर्सिटीबाट ग्राजुएशन गरेकी थिइन् । उनी ६ वर्ष पहिले मुम्बई फर्किएकी थिइन् ।

मुम्बईमा उनले खुशी जे नामको आफ्नो स्टोर खोलेकी थिइन् । जसको अभिनेता अरबाज खानले लञ्च गरेका थिए ।महिलाको गाउन्स, इवनिंग वियर बनाउनमा प्रख्यात खुशी गत वर्षको अप्रिलमा पुरुषहरुलाई नो बीएस लञ्च गरेकी थिइन् ।

खुशीले अभिनेता आर माधवन र शिल्पा शेट्टीका पति राज कुन्द्राका लागि पनि कपडा डिजाइन गरेकी थिइन् ।खुशीका अलावा इस्तान्बुल आक्रमणमा भारतीय फिल्म निर्माता अबीस रिजवी पनि मारिएका छन् । यो हमलामा ३९ जना मारिएका थिए भने ६९ जना घाइते छन् ।

LEAVE A REPLY