सर्वोच्च अदालतको बिरोध मा निषेधित क्षेत्र नाघ्न खोज्ने ३८ जना पक्राउ

0
189

काठमाडौं, १९ पुस । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको नाममा राजधानीको माइतीघरमा प्रदर्शन गर्न खोज्ने ३८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisements

डीएसपी मनोहर भट्टका अनुसार पक्राउ पर्नेमा ३४ जना पुरुष र ४ महिला रहेका छन् ।माइतीघरमा जम्मा भइ खार्पाचोक युवा क्लबको ब्यानरमा प्रदर्शनमा उत्रिएका उनीहरु कुलमान घिसिङलाई काम गर्न देऊ भन्दै सर्वोच्च अदालततर्फ अघि बढ्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।

नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेजको माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।प्रदर्शनका क्रममा उनीहरुले ‘सर्वोच्चको आन्तरिम आदेश खारेज गर’, ‘१८ घन्टा लोडसेडिङ गर्नेलाई कारबाही गर’ जस्ता नारा लगाएका थिए ।

LEAVE A REPLY