कि काम गर्न कि पद छाड्न स्वास्थ्य मन्त्रीको आग्रह

0
208

काठमाडौ –  स्वास्थ्यमन्त्री गगन थापाले मन्त्रालय अन्तर्गतका कर्मचारीलाई कि काम गर्न कि पद छाड्न आग्रह गरेका छन् । कर्मचारीहरु सेवामा नखटिने समस्या बढ्दै गएपछि मन्त्री थापाले सो आग्रह गरेका हुन् ।

Advertisements

मन्त्रालय अन्तर्गत चिकित्सक, जनस्वास्थ्यकर्मी, अहेब, नर्स, प्यारामेडिकल र प्राविधिक जनशक्ति एक पटक हाजिर गर्ने र लामो समय गायब हुने गरेको उनको भनाई छ  । उनले दबरबन्दी अनुसार कसले कहाँ काम गरिरहेको छ भन्ने जानकारी समेत मन्त्रालयमा कार्यरत कर्मचारीले उपलब्ध गराउन नसकेको बताए ।

मन्त्री थापा सोलुखुम्बुको सोताङ प्राथमिक चौकीको निरीक्षण गर्न पुग्दा हाजिरकापीमा दुई चिकित्सकले केही समय हाजिरी गरेको देखिएको थियो । लामो समय उनीहरु गायब भएपछि सोधखोज गर्दा एक जना तालिममा र अर्को एक जनाको जानकारी पाउन नसकेको उनले बताए ।

कागजमा काममा गएको देखिएपनि अधिकांश चिकित्सक तथा स्वास्थ्यकर्मी कार्यस्थलमा नजाने समस्या मन्त्रालयका लागि चुनौती बन्दै गएको छ ।

 

 

LEAVE A REPLY