चितवन: बिएन पढ्ने नयाँ विद्यार्थीहरुको स्वागत

0
248

चितवन – भरतपुर अस्पतालमा ब्याचलर इन नर्सिङ (बिएन) पहिलो बर्षमा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुले स्वागत गरेका छन् ।

Advertisements

अस्पतालको नर्सिङ कार्यक्रम संयोजक देवि सापकोटाको अध्यक्षतामा स्वागत कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपरीटेण्डेन्ड डा. रुद्रप्रसाद मरासिनीले अस्पतालले घाटा नै खाएर भएपनि बिएन कक्षा सञ्चालन गरेको भन्दै अनुशासित र मर्यादित भएर गुणस्तरीय शिक्षा लिन आग्रह गरे ।

‘हामीलाई पैसा र संख्यासँग कुनै मतलव छैन’ डा. मरासिनीले भने,‘ भरतपुर अस्पतालका विएन पढ्दै गर्दा निजी अस्पतालमा जागिर खाने सपना नदेख्नुहोला ।’

सो कार्यक्रममा बोल्दै अस्पतालका निर्वतमान अध्यक्ष विजय सुवेदीले एमएन कक्षा पनि सञ्चालन गर्ने बताए । ‘शिक्षालाई सेवासँग जोड्ने उद्धेश्यले काम गरेकोले नै अस्पतालमा सस्तो दरमा बिएन कक्षा सञ्चालन गर्न सफल भएको हो’ उनले भने ।

भरतपुर अस्पतालमा गत बर्षदेखि बिएन कार्यक्रम सञ्चालन भएको हो । चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानसँग सम्झौता गरेर अस्पतालल ३ लाखमा ३ बर्षे बिएन कक्षा सञ्चालन गर्दै आएको छ । गतबर्ष भरतपुर अस्पतालको लागी २० जनाको मात्र सिट निर्धारण गरिएकोमा यसबर्ष वृद्धि गरेर ४० जना पु¥याइएको छ ।

LEAVE A REPLY