सिभिल अस्पतालको निर्देशकमा डा. आरसी नियुक्त

0
254

काठमाडौं, १९ पुस

Advertisements

निजामती अस्पताल (सिभिल हस्पिटल) को निर्देशक पदमा डा. दीर्घराज आरसी नियुक्त हुनु भएको छ । सामान्य प्रशासन मन्त्रालयले सिभिल हस्पिटलकै हाडजोर्नी विभाग प्रमुख डा. आरसीलाई चार बर्से कार्यकालका लागि सो पदमा नियुक्त गरेको हो ।

यसअघिका निर्देशक डा. विमल थापाको चार वर्षे पदावधि सकिएपछि मन्त्रालयले प्रतिस्पर्धाका आधारमा डा. आरसीलाई नियुक्त गरेको हो । सामान्य प्रशासन मन्त्रालयले निर्देशक नियुक्तिका लागि १६ मंसिरमा प्रस्ताव माग गरेको थियो । सो पदका लागि छनोटमा परेकाहरुको १५ पुसमा अन्तर्वार्ता भएको थियो ।

सरकारका मुख्यसचिवको अध्यक्षतामा रहेको अस्पताल व्यवस्थापन बोर्डले छनोटमा परेकामध्ये डा. आरसीलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।

जाजरकोट पैंक निवासी डा. आरसी वीर अस्पतालको निर्देशक समेत रहेर काम गरिसकेका छन् ।

LEAVE A REPLY