नाटकमा अभिनय गर्दागर्दै कलाकार तथा रंगकर्मी विष्णुभक्त फुयाँलको मृत्यु

0
242

काठमाडौं । कलाकार तथा रंगकर्मी विष्णुभक्त फुयाँलको निधन भएको छ । मंगलबार राष्ट्रिय नाचघरमा नाटकमा अभिनय गर्दागर्दै बेहोस भएका उनको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । बेहोस भएलगत्तै उनलाई वीर अस्पताल लगिएको थियो ।

Advertisements

बद्रि अधिकारीको निर्देशनमा मञ्चन भइरहेको नाटक ‘महर्षि यज्ञ वैज्ञ’मा उनी राजा जनकको भूमिकामा अभिनय गर्दै थिए । सोही बेला उनी बेहोस भएका थिए ।

उनको जीवनको एउटा सपना रंगकर्ममा नै काम गर्दा गर्दै मृत्यु वरण गर्न पाउँ भन्ने थियो । अन्ततः उनको यो सपना पनि पूरा भएको छ ।

चर्चित हाँस्य सिरियल ‘तितो सत्य’मा समेत काम गरेका उनले थुप्रै चलचित्रमा अभिनय गरेका थिए ।
अन्ततः रंगकर्मी विष्णुभक्त फुयाँलको सपना पूरा, नाटकमा अभिनय गर्दागर्दै मृत्युवरण।

LEAVE A REPLY