भारतमा पुर्व मुख्य मन्त्री का बाबु र छोरा को बिच मा साइकल को लफडा

0
217

नयाँ दिल्ली । समाजवादी पार्टी दुई गुटमा विभाजित भएपछि साइकल चुनाव चिन्हकमा लागि आयोगमा दाबी गर्ने अट्कलबाजीका बीच पार्टी प्रमुख मुलायम सिंह यादवले साइल्क चुनाव चिन्ह समाजवादी पार्टीको भएको दाबी गरेका छन् ।
साइकल आफ्नो पार्टीको चुनाव चिन्ह भएको उल्लेख गर्दै उनले त्यसमा निर्वाचन आयोगमा समेत आफ्नो हस्ताक्षर रहेको उल्लेख गरेका हुन् । आइतबार पार्टीको एक समूहको अधिवेशनले उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवलाई राष्ट्रिय अध्यक्ष घोषणा गर्दै मुलायम सिंह यादवलाई संरक्षक घोषणा गरेपछि मुलायमले त्यसलाई अवैध घोषणा गरेका थिए ।

Advertisements

पार्टी दुई खेमामा विभाजित भएपनि समाजवादी पार्टीको चुनाव चिन्ह ‘साइकल’ माथि आ–आफ्नो दाबी दुवै पक्षले गर्ने सम्भावना छ । मुख्यमन्त्री अखिलेश यादवको समूहले राष्ट्रिय कार्यकारिणी, संसदीय बोर्ड र विभिन्न प्रादेशिक इकाई गठनको अधिकार दिदै तत्काल निर्वाचन आयोगमा समेत यसको जानकारी दिन तयारी गरेको छ ।

अखिलेश समूहले भने मुलायम सिंह यादव नेतृत्वको समूह निर्वाचन आयोग गएमा आफू पनि जाने तयारी गरेको छ । दुवै पक्ष निर्वाचन आयोगमा गएको खण्डमा दुवैको कुरा सुनेर आयोगले निर्णय गर्नेछ ।

यदि आयोग निश्कर्षमा पुगेन भने यो चुनाव चिन्हमाथि नै रोक लगाउन सक्नेछ । यसबाट दुवै पक्षलाई अत्तिरित्त लाभ प्राप्त हुनेछैन ।

LEAVE A REPLY