२०७४ मंसिरसम्ममा तीनवटै निर्वाचन हुन्छ,एमालेकै समर्थनमा संविधान संशोधन प्रस्ताव पारित हुन्छः देउवा

0
199

काठमाडौंः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकै समर्थनमासंसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव पारित हुने दाबी गरेका छन्।
देउवाले भने,‘संसदको गतिरोध खुलेर एमालेकै सहमतिमा संशोधन प्रस्ताव पारित हुन्छ, मलाई विश्वास छ, एमालेले पनि संशोधन प्रस्तावमा भोट हाल्छ, ढुक्क हुनोस् संविधान संशोधन प्रस्ताव पारित हुन्छ, त्यो पनि एमालेकै समर्थनमा पारित गर्छौं।’
रिपोर्टर्स क्लब नेपालको मंगलबार ज्ञापनपत्र बुझ्दै सभापति देउवाले भने,‘अहिले संसदमा पेश गरेकै प्रस्ताव पारित हुन्छ, जस्तो हामीले पेश गरेका छौँ, त्यसमा तलमाथि हुँदैन।’ उनले मुलुकको समस्या हल गर्ने काँग्रेस लगायत सबै दलको दायित्व भएको समेत स्पष्ट पारे। देउवाले भने,‘यो हाम्रो दायित्व पनि हो र जिम्मेवारी पनि हो, अहिलेका प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्नुको विकल्प छैन, सबै दलहरुबीच सहमति, सहकार्य र एकता अनिवार्य छ।’
पूर्वप्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति देउवाले अदालतको फैसलाले सकारात्मक भूमिका खेलेको भन्दै आगामी पुस २४ गतेबाट संसद सुचारु हुने विश्वास व्यक्त गरे। आगामी बैशाखसम्म स्थानीय तह वा स्थानीय निकाय जेको भए पनि निर्वाचन हुने दावी गर्दै देउवाले २०७४ मंसिरसम्ममा तीनवटै निर्वाचन गर्ने स्पष्ट पारे।
उनले भने,‘ स्थानिय निकाय वा तह, त्यसपछि प्रदेश र केन्द्रिय संघीय निर्वाचन जसरी पनि गर्नुपर्छ, त्यसको विकल्प छैन्, हामीले निर्वाचन आयोगसँग कुरा गरेका छौं, चार महिनाभित्रमा चुनाव हुन्छ।’ देउवाले अहिलेकै सरकारले चुनाव गराउँने देउवाले ठोकुवा गरे।

Advertisements

LEAVE A REPLY