आमाहरुले गरे अनाथ बालबालिकालाई सहयोग

0
920

संकल्प पोष्ट,

Advertisements

१९ पौष, २०७३
काठमाण्डौ।

सेवा नै धर्म हो भन्दै वि मानव आर्ट स्टूडियोको मदर्स ग्रूप अफ नेपालले काठमाडौको काँडाघारीस्थित फ्यूचर होम नेपालमा आश्रय लिएर बसेका १६ जना बालबालिकाहरुलाई नृत्यमार्फत मनोरञ्जन दिनुका साथै लत्ताकपडा र खाद्यसामाग्री पनि वितरण गरेका छन।
शारिरिक र मानशिकरुपमा स्वस्थ रहनकालागी दिनहुँ नृत्य सिक्न जाने महिलाको समूह मदर्स ग्रूप अफ नेपालका सदस्यहरुले आफ्नो ईच्छाअनुसार रकम संकलन गरि परोपकारी कामको नमुना प्रस्तुत गरेका छन। जम्मा रु ५८ हजार ५ सय संकलित रकमबाट उक्त संस्थाका बच्चाहरुलाई ब्लाङ्केट, तन्ना, टोपी, झोला, जुत्ता, मोजा, टूथपेष्ट,ब्रशलगायत खाद्यान्न सामाग्री वितरण गरेका थिए। यसअंघि सोही संस्थाको रकम संकलनकालागी आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा पनि मदर्स ग्रुप अफ नेपालका सदस्यहरुले नृत्य प्रस्तुतीमार्फत सहयोग गरेका थिए। वास्तवमा भन्ने हो भने आफ्ना एक/दूई छोराछोरीलाई त हुर्काउन त कति गाह्रो हुन्छ भने यतिधेरै बालबालिकाको पालनपोषणको लागि कत्ती गाह्रो हुँदोहो? हामीले फ्यूचर होप नेपालकी अध्यक्ष रिता सिवाकोटीको साहस र हिम्मतलाई सम्मान गर्दै आफ्नोतर्फवाट सानो भएपनि सहयोग गर्न खोजेको हो- मदर्स ग्रुप अफ नेपालकी सोम्ना घिमिरे बताउंछिन। बेलायतमा बसोबास गर्दै आउनुभएकी केशु श्रेष्ठ भन्नुहुन्छ- सकेको सहयोग गर्नु मानवको धर्म हो। उहाँ थप्नुहुन्छ, धर्म र पुण्य कमाउने नै हो भने मन्दिर र तिर्थ जानू नै पर्दैन, केवल दिनदूखीको सेवा गरे पुग्दछ। मानवधर्म नै सवैभन्दा ठूलो धर्म हो। त्यसैले म जहिले पनि नेपाल आउँदा यस्ता संस्थाहरुलाई धेरथोर सहयोग गरि नै रहेकि छु- उहाँले भन्नुभयो। त्यस्तै सोही समुहकी अर्की सदस्य शुसिला आचार्य भन्नुहुन्छ- म पहिलेदेखी नै समाजसेवामा रुचि राख्ने गर्दथें। अहिले आफ्ना अंघाडी अनाथ बालबालिकासंग संगै नाच्न, रमाउन अनि केही सामाग्री वितरण गर्न पाउँदा मनमा अत्यन्त आनन्द मिलेको छ। यसैप्रकार सवै सक्षमले असक्षमलाई सहयोगको भावनासाथ अंघाडी बढ्न सक्ने हो भने कोहि पनि भोको रहनुपर्दैन, कोहि अनाथ हुनुपर्दैन- उहाँले थप्नुभयो।

वि मानव आर्ट स्टूडियोका निर्देशक एवं कोरियोग्राफर सुमन सागर जंग के.सी. को संयोजकत्वमा वितरण गरिएको सामाग्री र मनोरञ्जनले थप हौसला बढाएको र कल्पना नै नगरेको समुहले यसरी अप्रत्याशित रुपमा सहयोग गर्ने चाहना राखी अनुमती माग्न आउँदा आफू अत्यन्तै खुशी भएको अध्यक्ष रिता शिवाकोटीले बताउनुभयो।

लेखक तथा पत्रकार दामोदर न्यौपानेको समुपस्थितिमा वितरित कार्यक्रमम्म दाताहरुलाई प्रशंसापत्र प्रदान गर्दै भन्नुभयो- यस्तो परोपकारी सोंचको विकाश आमनागरिकमा भैदिए कोहिपनि बेसाहारा हुनु नपर्ने र आगामी दिनमा पनि विभिन्न ठाऊँमा यस्तै कार्यक्रमहरु गर्नको लागि उत्साह र हौसला प्राप्त हुने बताउनुभयो। साथै सोही कार्यक्रममा पारु अधिकारि, पारु भण्डारी, गुणलक्ष्मी महर्जन, भगवती शाह, अलिना शाक्य, प्रमिला श्रेष्ठ, शर्मिला कोइराला, माया ढकाल, उर्मिला भण्डारी, मिला बस्नेत, रिमा शाक्य, सुमिता वसेल, मिरा ढकाल लगायतले नृत्य प्रस्तुत गरि मनोरञ्जन प्रदान गर्नुभएको थियो।

LEAVE A REPLY