चेल्सी रोकियो,अपराजित यात्रामा पूर्णविराम

0
211

२१ पुस, काठमाडौं । टोटनह्यामले इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर चेल्सीलाई पराजित भएको छ र, उसको १३ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।बिहीबार विहान भएको खेलमा टोटनह्यामले चेल्सीलाई २-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामका लागि दुबै गोल अलीले गरे ।पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका अलीले ५४ औं मिनेटमा अग्रता दोब्बर पारे ।हारपछि चेल्सी २० खेलबाट ४९ अंकका साथ शीर्ष स्थानमा छ भने तेस्रो स्थानमा उक्लिएको टोटनह्यामको ४२ अंक छ ।

Advertisements

LEAVE A REPLY