जुम्ल्याहा दिदीबहिनीको एउटै पुरुषसँग प्रेम, चाँडै उसैसँग बिहे गर्ने दुवैको तयारी

0
213

दुरुस्त अनुहार भएका दुई जुम्ल्याहा दिदीबहिनी पाँच वर्षदेखि एउटै पुरुषसँग प्रेम गरिरहेका छन् । साझा प्रेमीसँग चाँडै बिहे गर्ने दुवैको तयारी छ ।अष्ट्रेलियाको पर्थका ३० वर्षिया अन्ना र लुसी डेकिन्कले फेसबुकमार्फत बेन बायर्नलाई साथी बनाएका थिए । पछि दुवैजना एकैसाथ बेनको प्रेममा डुबे । बेनले पनि दुवैलाई प्रेमिकाका रुपमा स्वीकारेका छन् ।

Advertisements

 

२४ सै घन्टा आपसमा नछुट्टनिे दिदीबहिनीले बायर्नसँग बेड सेयर पनि गरिसकेका छन् । दुवै जनालाई एकैसाथ मुड आउने हुँदा ओछ्यानमा डबल मज्जा लुट्ने गरेको उनीहरुको अनुभव छ ।युट्यूवमा अपलोड गरिएको एउटा भिडियोमा उनीहरु एक साथ भन्छन्, ‘हामी दुवै उसलाई उत्तिकै माया गर्छौं । उ एउटा भाग्यमानी पुरुष हो । उसले डबल माया र केयर पाउँछ, अनि बदलामा ओछ्यानमा डबल उर्जा लगाउनुपर्छ ।’ त्रिकोणिय मायामा अहिलेसम्म कसैले एक-अर्काको चित्त नदुखाएको उनीहरुको दावी छ ।
बिबाहको निम्ति उनीहरुले अमेरिकाको एरिजोनास्थिति टुक्सनको भ्रमण गर्ने योजना बनाएका छन् । एरिजोनाको संविधानले बहुविवाहलाई अनुमति दिँदैन तर कुनै दण्ड-सजाय पनि गर्दैन ।
यी दिदीबहिनीको अनुहार मात्र होइन जिउडाल पनि उस्तै छ । तर दुरुस्त देखिनका लागि उनीहरुले निकै लगानी पनि गरेका छन् । एक मिनेटको अन्तरमा जन्मेका दिदीबहिनीले अहिलेसम्म कस्मेटिक सर्जरीमा एक लाख ३० हजार पाउन्ड खर्च गरिसकेका छन् । उनीहरुले ब्रेस्ट इम्प्लान्टदेखि ओठ, आँखीभौं र परेलासम्मको सर्जरी गरेर उस्तै बनाएका छन् ।

 

LEAVE A REPLY