परि थापाले भने -‘एमालेले नक्कली राष्ट्रवादी चरित्र देखायाे’

0
238

बुटवल २० पुस –
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)केन्द्रीय कार्यालयका सदस्य परि थापाले संबिधान संशोधन प्रस्तावपछि मुलुकमा बढेको द्धन्दलाई संसदवादी दलबीचको झगडा भएको टिप्पणी गर्नुभएको छ ।

उहांले सरकारले भारतीय विस्तारवादीको इशारामा संशोधन ल्याएको र एमालेले नक्कली राष्ट्रवादी चरित्र देखाएको दावी गर्नुभयो ।

Advertisements

पार्टीको मध्य–पश्चिम कमाण्डको विस्तारित बैठकको आज बुटवलमा उद्घाटन गदैं उहांले सरकार र एमाले दुबैले गलत काम गरेको बताउंनुभयो । उहांले दलहरुले जारी गरेको संविधान पश्यगामी भएकाले खारेज गरेर जनसंविधान निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपालका केन्द्रीय सचिव समेत रहनुभएका उहांले राष्ट्रियता यतिवेला ठुलो संकटमा परेकोले मुलुकले ठुलो परिवर्तनको माग गरेको बताउंनुभयो ।

राष्ट्र र जनताका हितका लागि जनगणतन्त्र स्थापनाका गर्न पार्टीले संघर्षमा जोड दिएको भन्दैं त्यसमा लाग्न सबैमा अनुरोध समेत उहांले गर्नभयो ।

पूर्व सांसद समेत रहनु भएका थापाले आफुलाई प्रगतिशील भन्नेहरु सरकारमा गएपनि भ्रष्ट्राचार निमुल हुंनुको सातो संस्थागत बन्दैं गएको दावी गर्नुभयो ।पार्टी अवध राज्य समिति ईन्चार्ज प्रेमनाथ सुवेदीको अध्यक्षतामा भएको बैठकमा चार राज्य समितिका ईन्चार्ज तथा केन्द्रीय सदस्यहरुले आ–आफ्नो सांगठनिक रिर्पाेटिङ गदैं राष्ट्रियता,जनतन्त्र र जनजीविकाको लागि पार्टीले संघर्ष गर्नुपर्नेमा जोड दिएका थिए ।

मध्य–पश्चिम स्तरिय बैठक सम्पन्न भएपछि भोलीबाट राज्य स्तरको बैठक बसेर केन्द्रीय कार्यक्रम अनुसार अगाडि बढ्ने सो पार्टीले जनाएको छ ।

LEAVE A REPLY