सशक्त बन्दैछन् मधेसका महिला

0
223

अमृता अनमोल
बुटवल, अधिकारका कुरा उनीहरुले धेरै सुने । विडम्बना व्यवहारमा उपयोग गर्न पाएनन् । रुपन्देहीका दक्षिणपुर्वी ६ गाविसमा यस्ता महिला र बालबालिकाका लागि सशक्तिकरण अभियान सुरु भएको छ ।अभियानको नाम मर्यादीत जीवनका लागि दीगो सामाजीक तथा आर्थिक सशक्तिकरण राखीएको छ ।
गाविस कार्यालयहरुले सहयोगी संघसस्थाको समन्वयमा महिला, बालबालिका, किशोरकिशोरी र अपांगता भएका व्यक्तिको अधिकारका लागि २ वर्ष यता अभियान सुरु गरेका हुन् । यसअन्तरगत पछाडि परेका समूदाय छनोट हुन्छ । दलित, पीछडा वर्ग र जनजातिलाई प्राथमिकतामा राखीन्छ । उनीहरुको टोलमा कम्तीमा २० देखि ३० घरपरिवार पर्ने गरी समूह गठन हुन्छ । त्यसमा महिला समूह, बालबालिका समूह र किशोर किशोरी गरी छुट्टा छुट्टै समूह गठन हुन्छ । सामाजीक परिचालकको माध्ययमबाट उनीहरुलाई शिक्षा, व्यवहार परिवर्तन र आयआर्जनका बारेमा सिकाइन्छ । पजरकट्टी गाविसका सचिव रामप्रसाद शर्माले समूहमा आवद्ध गरेर पछाडि परेका महिला, बालबालिका र किशोरकिशोरीहरुलाई सिकाउदा उनीहरुको सशक्तिकरणमा सहयोग पुगेको बताए । ‘समूह भित्र र बाहिरका महिला, बालबालिका र किशोरकिशोरीको चेतनाको स्तरमा नीकै अन्तर पाएका छौं ।’ उनले भने ।

Advertisements


समूहबाट सशक्त भएका केही महिला कुरीति कुपरम्परा विरुद्ध अभियानमा खटेका छन्। गाउंमा हुने शौचालय बनाउने, पूर्ण खोप, बालबालिकालाई विद्यालय भर्ना, बालविवाह, दाइजो प्रथा विरुद्धको अभियानमा पनि उनीहरु खटेका छन्। यस्तो खटाइमा एबीसी नेपाल , स्ट्रोम नेपाल लगायतले आर्थिक र प्राविधिक सहयोग गरेका छन् । पोखरभिण्डी गाविसका सचिव लेखनाथ अर्यालका अनुसार समूहमा सहभागी महिला समूहलाई स्वाबलम्बन समूह भनिन्छ । उनीहरु आफैले पनि मासिक २० देखि १०० रुपैयासम्म वचत गर्छन् । केही अनुदान पाउंछन् । रकमबाट केही घर बसीबसी आय आर्जनमा सहभागी भएका छन् । बाख्रा, कुखुरा, हांस , स्ुगुर पालन तथा तरकारी खेतीमा धेरैको आकर्षण छ ।
पढ्न नपाएका बालबालिका र किशोरकिशोरीहरुलाई समूहमै पनि सिकाउने काम भएको छ । विद्यालय जाने तर घरमा नपढ्ने भोजपुरी भाषि बालबालिकालाई सामूदायीक कोचिड. कक्षा सञ्चालन भएका छन् । छोराछोरीबीच भेदभाव गर्ने, छोरीहरुको पढाइमा लगानी नलगाउने, सानैमा विहे गरीदिने र कमाउने लोभमा सहरमा काम गर्न पठाउने चलन रुपन्देहीको गाउंघरमा पनि छ । समूहले यस्तो भेदभाव रोक्न समेत काम गरेको पोखरभिण्डी गाविस सचिव अर्यालले बताए ।

LEAVE A REPLY