नक्कली बिल प्रयोग गर्ने ट्राफिक प्रहरी अधिकारीविरुद्ध उजुरी

0
217

काठमाडौं,
नक्कली बिलको प्रयोग गरी राजस्व ठगी गरेको आरोपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी अधिकारीविरुद्ध उजुरी परेको छ । ट्राफिक नियम उल्लंघनमा प्रयोग गर्ने बिल ट्राफिक प्रहरी प्रमुख ज्ञानकुमार महतोले प्रेससँग मिलेमतो गरी जिल्ला प्रहरी कार्यालयले दिएको भन्दा फरक ढाँचाको बिल छपाएर रकम असुली गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।
अख्तियारमा बुधबार दर्ता भएको उजुरीअनुसार जिल्ला प्रहरी कार्यालय धनुषाले आर्थिक वर्ष ०७२/७३को लागि जिल्ला सिनं १८००० सम्म मात्र भएको बिल दिइएको थियो । तर जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले मिति २०७३ असार २४ गते काटेको रसिदको सिनं २१२०१ रहेको छ । उक्त उजुरीअनुसार ट्राफिक प्रहरीले २२ हजारसम्म सिनं भएको बिल अवैधरुपमा छपाएको हो । जिल्ला प्रहरी कार्यालयले दिएको १८ हजार सिनं भएको बिलको पनि २३ थान अर्थात एक हजार एक सय ५० संख्या रहेको रसिद फिर्ता गरेको छ । नयाँ छपाइबाट चार हजारसमेत गरी पाँच हजार एक सय ५० वटा बिलको अवैधरुपमा ट्राफिक प्रहरीले कारोबार गरेको पाइएको हो ।
उजुरीकर्ताका अनुसार ज्ञानकुमार महतोले राज्यकोषबाट दुई लाख ५७ हजार पाँच सय रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार गरेका छन् । महतोले आफ्नो धेरै माथिसम्म राम्रो सम्बन्ध रहेकोले कुनै कारबाही नुहने भन्दै मनलाग्दी गर्दै आएका छन् । उजुरीकर्ताले दिएको निवेदनमा अख्तियारका आयुक्त राजनारायण पाठकको महतोसँग निकट सम्बन्ध रहेकाले हालसम्म छानबिन हुन नसकेको बताइएको छ । बुधबार दर्ता नं १११८८ को उक्त निवेदन अख्तियारमा पेस भएको हो

Advertisements

LEAVE A REPLY