देशलाई विखण्डन हुन नदिन आन्दोलन : वामदेव

0
240

काठमाडौँ, पुस २१ गते । नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतमले देशलाई विखण्डन हुन र जातीय तथा साम्प्रदायिक सद्भाव बिथोल्नेलाई सफल हुन नदिन विपक्षी नौ दलले यही पुस २२ गते राजधानीमा जनप्रदर्शनको तयारी गरेको बताउनुभएको छ ।

Advertisements

जनप्रदर्शनका लागि परिचालित स्वयम्सेवकहरुलाई आज पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा उहाँले अनुशासित र चनाखो भएर काम गर्न दिनुभयो । अभद्र तथा उच्छृङ्खल गतिविधिमाथि निगरानी गर्दै जनप्रदर्शनलाई भव्य र शानदार ढङ्गले सम्पन्न गर्न उहाँले आग्रह गर्नुभयो ।

जनप्रदर्शन अपराह्न १ बजे रत्नपार्कबाट सुरु हुनेछ । त्यसभन्दा अघि विभिन्न ४० स्थानबाट जुलुसहरू रत्नपार्क आउने एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

एकीकृत जुलुस रत्नपार्कबाट पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्युरोड गेट, भोटाहिटी, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनीमार्गमा सभामा परिणत हुनेछ । सभालाई नौ राजनीतिक दलका प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम छ । रासस

LEAVE A REPLY