विपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

0
268

काठमाडौँ सरकारले विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनको सञ्चालक समितिमा नयाँ सदस्यहरु नियुक्ति गरेको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले डा. आरती शाह, डा. तारा मानन्धर, डा. अनु कुशवाह, डा. सिरता घिमिरे, दिनेश कोइराला र सुमिता रिमाललाई सदस्य नियुक्ति गरेको हो। सञ्चालक समितिमा अध्यक्षसहित ६ जना सदस्य सरकारले नियुक्ति गर्दछ।

Advertisements

मन्त्रिपरिषदले सञ्चालक समितिमा नयाँ मापदण्ड अनुसार सदस्यहरु नियुक्ति गरेको हो। यसअघि न्याम्सका उपकुलपति डा. गणेशबहादुर गुरुङ, वीर अस्पतालका डा. केदार सेन्चुरी, डा. चण्डिका पण्डित न्यौपाने, डा. शिला बर्मा, प्रभा बराल र रामप्रसाद न्यौपाने सदस्य थिए।साभार्: स्वास्थ्य खबरपत्रिका

LEAVE A REPLY