प्राधिकरणका सीईओलाई स्पष्टीकरणको अर्को पत्र

0
253

पुस २२, २०७३- पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई सरकारले २४ घण्टाभित्र जवाफ पेस गर्ने गरी स्पष्टीकरणको अर्को पत्र पठाउने भएको छ । बुधबार पेस गरेको जवाफ चित्तबुझ्दो नभएको भन्दै ‘तपाईंलाई किन नहटाउने ?’ भन्ने प्रश्न गरी ज्ञवालीलाई अर्को पत्राचार गर्ने भएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सीईओको स्पष्टीकरण र त्यसबारे निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको थियो । ‘मन्त्रिपरिषद्को निर्णयअनुसार स्पष्टीकरणको अर्को पत्र तयार भएको छ,’ मुख्य सचिव सोमलाल सुवेदीले भने । स्रोतका अनुसार प्रधानमन्त्री दाहालले स्पष्टीकरणको अर्को पत्राचार गर्नु भनेपछि प्रधानमन्त्री कार्यालयले बिहीबार साँझ स्पष्टीकरण पत्र तयार पारेको हो ।

Advertisements

LEAVE A REPLY