अभिनेता ओम पुरीको हृदयघातका कारण मुम्बईमा निधन

0
251

काठमाडौं । भारतीय अभिनेता ओम पुरीको हृदयघातका कारण बिहीबार साँझ मुम्बईमा निधन  भएको दी टाइम्स अफ इन्डियाले जनाएको छ । उनी ६६ वर्षका थिए । 
उनी रंगमन्च तथा फिल्मका लोकप्रिय तथा प्रसिद्ध अभिनेता  थिए । सन् १९५० अक्टुबर १८मा हरियाणाको अम्बालामा जन्मेका पुरीले फिल्म अभिनय यात्रा सन् १९७६मा सुर गरेका  थिए । जसमा उनले मराठी फिल्म घासीराम कोतवाल अभिनय गरेका थिए ।
पंजाबको पटियालाबाट प्रारम्भिक शिक्षा लिएका पूरीले सन् १९७३मा राष्ट्रिय नाट्य विद्यालयबाट ग्रयाजुएसन गरेका थिए । सन् १९७६मा पुणे फिल्म संस्थानबाट प्रशिक्षण प्राप्त गरेका थिए ।  ओम पुरीले “मजमा” नामको एक निजी थिएटर समूह पनि स्थापना गरेका थिए ।

LEAVE A REPLY