निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम समयमै सम्पन्न गर्न पर्यटन मन्त्रीको निर्देशन ।

0
230

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले राष्ट्रिय गौरवको आयोजना निर्माण कार्य समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

Advertisements

विमानस्थल निर्माण तथा स्तरउन्नतिको काम प्रभावकारी रुपमा भइरहको भन्दै मन्त्री शाहीले कुनै समस्या रहेको भए त्यसलाई समाधान गर्न आफू जतिसुकै बेला पनितयार रहेको बताउनुभयो । भैरहवास्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै  मन्त्री शाहीले आफ्नो मन्त्रालयको जिम्मेवारीमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्नका लागि आफूले जस्तो सुकै पहल गरेरभएपनि काम रोक्ने अवस्था आउन नदिने बताउनुभयो । गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रोजेक्ट डाइरेक्टर ओम शर्माले हालसम्म भइरहेको कामका विषयमा मन्त्री शाहीलाई सम्पूर्ण जानकारी गराउनु भएको थियो । चिनियाँ कम्पनीले विमानस्थलको काम गरिरहेको जानकारी दिँदै शर्माले तोकिएको समयमा काम सम्पन्न गर्न सबै लागिपरेको बताउनुभयो । नागरिक उड्डयनमन्त्री शाही विधिसहितको उच्चस्तरीय टोली लिएर भैरहवा हुँदै दाङ गएका छन् । दाङको तुलसीपुरस्थित विमानस्थल सञ्चालनमा ल्याउने विषयमा अध्ययन र अबलोकन गर्न उच्चस्तरीय टोली दाङ गाएको मन्त्री शाहीका प्रेस सल्लाहकार सुनिल सापकोटाले जानकारी दिनुभयो ।

LEAVE A REPLY