तरुण दल क्षेत्रीय अध्यक्ष पक्राउ, बाँके बन्द

0
227

२४ पुस, बाँके । युवा संघ केन्द्रीय सदस्य सदस्य सन्तोष बुढाथोकी (गोरे) को आक्रमण को योजनाकारका रुपमा प्रहरीले तरुण दल बाँके क्षेत्र नम्बर १ का अध्यक्ष दिग्वीजय जंग राणालाई पक्राउ गरेको छ । राणा पक्राउको विरोधमा तरुण दलले आइतबार बाँके जिल्ला बन्द आह्वान गरिएको छ ।

Advertisements

प्रहरीले यसअघि युवासंघकै कार्यकर्ता लक्ष्मण मल्लले खुकुरी प्रहार गरेको जनाएपनि घटनाको मुख्य योजनाकारका रुपमा राणालाई शनिबार अपरान्ह पक्राउ गरेको हो ।

बुढाथोकीलाई खुकुरी प्रहार गर्ने युवासंघकै कार्यकर्ता मल्ललाई प्रहरीले यसअघि नै काठमाडौंबाट पक्राउ गरिसकेको छ । आरोपी मल्लकै बयानका आधारमा तरुण दल क्षेत्रीय अध्यक्ष राणा र युवासंघका समशेरगञ्ज गाउँ कमिटी उपाध्यक्ष ज्ञानबहादुर थापालाई पनि पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । बुढाथोकीलाई खुकुरी प्रहार गर्ने युवासंघकै कार्यकर्ता मल्ललाई प्रहरीले यसअघि नै काठमाडौंबाट पक्राउ गरिसकेको छ । आरोपी मल्लकै बयानका आधारमा तरुण दल क्षेत्रीय अध्यक्ष राणा र युवासंघका समशेरगञ्ज गाउँ कमिटी उपाध्यक्ष ज्ञानबहादुर थापालाई पनि पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।थापा, बुढाथोकी, मल्ल लगायतको टोली कोहलपुरको एक रेष्टुरेन्टमा मदिरा सेवन गरेर फर्किने क्रममा यही पुस १४ गते राति बुढाथोकीलाई मल्लले घाँटीमा खुकुरी प्रहार गरेका थिए । बुढाथोकीको बाँकेमा उपचार हुन नसकेपछि भारतको लखनउ लगिएको छ ।

तरुण दल भन्छ- राजनीतिक प्रतिशोधको भावनाबाट प्रेरित भएर फसाइयो

हिजो साँझै कांग्रेस जिल्ला नेता तथा कार्यकर्ताहरु राणालाई छुटाउन प्रहरी कार्यालय पुगेपनि प्रहरीले रिहा गर्न अस्वीकार गरेको थियो । त्यसको विरोधमा तरुण दलले जिल्ला बन्द आह्वान गरेको छ । बन्दको कोहलपुर लगायतका क्षेत्रमा बजार, यातायात, कलकारखाना सबै ठप्प छन् । शिक्षण संस्था, प्रेस, कुटनीतिक नियोग, एम्बुलेन्स, दमकल, मानवअधिकारकर्मी लगायतलाई बन्दमा छुट दिइएको छ ।

यता तरुण दलले भने राजनीतिक प्रतिशोधको भावनाबाट प्रेरित भएर प्रहरीले झुटो आरोपमा क्षेत्रीय अध्यक्ष राणालाई फसाउन खोजेको आरोप लगाएको छ ।

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले जारी गरेको बिज्ञप्तिमा शान्तिपूर्ण रुपमा राजनीतिमा लागेका राणालाई स्थानीय गुण्डाहरुको उक्साहटमा लागेर प्रहरीले फसाएको उल्लेख छ । साथै राणालाई तत्काल रिहा गर्न माग गरिएको छ ।

तरुण दलले आरोपी राणालाई रिहा नगरिए आन्दोलनमा उत्रने र त्यसपछिको परिस्थितिको भागीदार सम्वन्धित पक्ष नै हुने चेतावनीसमेत दिएको छ ।

LEAVE A REPLY