वायने रुनीले गरे म्यान्चेस्टर युनाइटेडका लागि सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान

0
216

२४ पुस, काठमाडौं । कप्तान वायने रुनी म्यान्चेस्टर युनाइटेडका लागि अहिलेसम्मकै सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बराबरी गरेको खेलमा म्यान्चेस्टर युनाइटेड रेसिङलाई हराउँदै एफए कपको चौथो चरणमा पुगेको छ ।

Advertisements

खेलको १० मिनेटमा गोल गर्दै रुनीले म्यान्चेस्टर युनाइटेडका लागि २४९औं गोल गरे । जुन क्लवको इतिहासमै एकै खेलाडीले गरेको सबैभन्दा धेरै गोल हो । ४४ बर्षीय सर बबी चार्लटोन, आफ्नै कीर्तिमान रुनीले बराबरी गरेको हेरिरहेका थिए ।

LEAVE A REPLY