डेल्धुराको साहुखर्क नजिक सेनाको गाडी दुर्घटना, ३६ जना घाइते

0
252

डडेल्धुरा, २४ पुस । डडेल्धुराको साहुखर्क नजिक आज बिहान सेनाको गाडी दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था चिन्ताजनक छ ।

Advertisements

गरुण दल गण अन्तरगतको दह व्यारेक डडेल्धुराबाट बिहान भिमदत्त राजमार्गमा रहेको हिउँ हटाउनका लागि गएको सेनाको टोली फर्किँदा हिउँबाट चिप्लेर सडक देखि करिव ५० मिटर तल खसेको थियो । सेनाको लु १ ग २९४ नम्बरको गाडी हिउँमा चिप्लिएर दुर्घटना भएको क्याप्टेन प्रेम बोगटीले बताएका छन् ।

घाइतेहरुको उपक्षेत्रिय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । गम्भीर घाइतेहरुको थप उपचारका लागि सुदूरपश्चिम पृतनाबाट सेनाको हेलिकप्टर बोलाइएको क्याप्टेन बोगटीले बताएका छन् ।

LEAVE A REPLY