संविधान संंशोधन विधेयक संसदमा टेबल

0
193

२४ पुस, काठमाडौं । नेकपा एमालेसहितका विपक्षी दलहरुको विरोधका बीच व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक पेश भएको छ ।

Advertisements

सर्वोच्चका आदेशपछि संसदको आइतबारको बैठक सुचारु भएको थियो । लगतै निर्वाचनसम्वन्धी दुई विधेयक पेश भयो भने अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउने निर्णय भयो ।संसद संविधान संशोधन विधेयकको कार्यसूचीमा प्रवेश गर्नासाथ एमालेसहितका विपक्षी दलहरु उठेर विरोध गरे ।

तर, सभामुखले कार्यसूची अगाडि बढाएपछि विपक्षी दलका सांसदहरुले नाराबाजी गरेका छन् । विपक्षी सांसदहरुको होहल्लाका बीच सभामुखले संशोधनविरुद्ध परेको प्रेम सुवाल र चित्रबहादुर केसीको विरोधको सूचना अस्वीकृत भएको घोषणा गरिन् ।लगत्तै कानुनमन्त्री अजयशंकर नायकले संविधान संशोधन विधेयक टेबल गरेका छन् ।संसद बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

LEAVE A REPLY