लिव इन रिलेशनमा बस्नु नराम्रो कुरा होईन:आदित्य राय कपुर

0
246

बलिउडका रोमान्टिक नायक आदित्य राय कपुरले लिव इन रिलेशनमा बस्नु नराम्रो कुरा नभएको बताएका छन् । आफू अभिनित चलचित्र ‘ओके जानु’को प्रचारमा दौडिएका आदित्यले लिव इन रिलेशनमा अहिले धेरै यूवा यूवती रहने गरेको सुनाए ।

Advertisements

उनले भने-‘लिव इन रिलेशनको बिषयमा बजारमा नराम्रो हल्ला छ । तर, अहिले धेरै केटा केटी यो सम्बन्धमा रहन्छन् । यसलाई नराम्रो मान्नु हुँदैन ।’ यो सम्बन्धमा रहनेहरु धेरै बढेकाले पनि बलिउडमा यस्ता बिषयमा चलचित्र बन्न थालेको उनको भनाई छ ।

उनले बिहे अगाडि केटा केटीले एक अर्कालाई वुझ्न पनि यो सम्बन्ध आवश्यक भएको बताए । आफ्ना धेरै साथीहरु पनि यो सम्बन्धमा रहेको भन्दै उनले, कसैको सम्बन्ध सफल भएको त कसैको असफल भएको बताए ।

उनले अभिनय गरेको चलचित्र ‘ओके जानु’ पनि यहि बिषयमा केन्द्रित छ ।

LEAVE A REPLY