ह्वाइटहाउस छाड्दै गर्दा ओबामामाथि क्षमादानको दबाब

0
219

एजेन्सी
वासिंगटन, २४ पुस

Advertisements

अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकाल सकिनै लाग्दा अमेरिकामा विभिन्न अपराधका आरोपितहरूले क्षमादानका लागि निवेदन दिएका छन् । जमैकाका इस्लाम धर्मगुरु, तालिवान समूहका पूर्वबन्दी र साना लागूऔषध कारोबारका मुद्दामा संलग्न हजारौंले क्षमादानका लागि निवेदन दिएको एएफपीले जनाएको छ । कार्यकाल समाप्तिको अन्तिममा अमेरिकामा राष्ट्रपतिले क्षमादान दिने प्रचलन रहेको छ ।

सोही प्रचलनअनुसार राष्ट्रपतिसमक्ष क्षमादान तथा सजाय कम गरिदिन भन्दै निवेदन पेस भएका हुन् । अमेरिकी राष्ट्रपतिले आफूमा निहित रहेको वैभवपूर्ण राजकीय शक्तिको प्रयोग गरी क्षमादान दिन सक्ने व्यवस्था छ ।

barack-obama

सन् २००१ मा तत्कालीन राष्ट्रपति बिल क्लिन्टनले आप्mनो कार्यकालको अन्त्यमा शरणार्थी व्यवसायी मार्क रिचलाई क्षमदान दिने निर्णय गरेका थिए । क्लिन्टनको उक्त निर्णय विवादमा परेको थियो । मार्क रिच क्लिन्टनको दल डेमोक्रेटिक पार्टीका मुख्य चन्दादाता भएको कारण क्लिन्टनलाई सो कदम लिन नैतिक दबाब परेको थियो ।

क्षमादानका लागि परेका हजारौं निवेदनमा पीडितले आपूmहरूमाथि अन्यायपूर्वक जेल सजाय वा अन्य कानुनी बन्धन तोकिएको भन्दै सोबाट माफी पाउन आग्रह गरिएका छन् ।यसरी क्षमादान माग गर्नेहरूमा बोवी वर्गड्याल, लिओनार्द पोल्टियर, एडवार्ड स्नोडेनसमेत रहेका छन् । यी अनुहारहरू ओबामा प्रशासननजिक रहेका थिए । अन्तिममा ओबामाथि क्षमदान गर्ने दबाब परेकोे छ ।

अमेरिकी सैनिक ‘सर्जन्ट’ बर्गड्याललाई तालिवानद्वारा पाँच वर्षसम्म नियन्त्रणमा राखी कैदीबन्दी साट्ने क्रममा रिहा गरिएको थियो । अमेरिकी सेनाले उनलाई कर्तव्यविमुख भएको भनी कोर्ट मार्सल गर्दै जेल पठाएको हो ।

त्यस्तै, अमेरिकी अधिकारकर्मी पेल्टियरले अमेरिकी आन्तरिक गुप्तचर तथा सुरक्षा सेवा (एफबीआई)मा कार्यरत दुई अधिकारीको सन् १९७५ मा भएको मृत्यु प्रकरणमा जेल जीवन बिताइरहेका छन् ।

स्नोडेनमाथि वर्तमान अमेरिकी प्रशासनले दयाभाव नदेखाएमा उनीमाथि नयाँ प्रशासनले मृत्युदण्ड दिन सक्ने बताइएको छ । त्यसैले पनि ओबामा माथि डेमोक्रेटिक सांसदहरूले नै क्षमादानका लागि दबाब दिएका छन् ।

स्नोडेन सन् २०१३ मा अमेरिकीकाद्वारा स्थापना गरेको अन्तर्राष्ट्रिय सञ्चार तथा इन्टरनेट सर्वेक्षण प्रणालीबारे जानकारी बाहिर ल्याउने व्यक्ति हुन् । जसका कारण ३३ वर्षीय उनी हाल रसियामा शरणार्थी जीवन बिताउँदै आएका छन् । सुसान सरान्डन र पिटर ग्याब्रियललगायतका कैयौं सेलिब्रेटी स्नोडेनको पक्षमा देखिँदै आएका छन् ।

उनलाई एम्नेस्टी इन्टरनेसनल र अमेरिकी नागरिक स्वतन्त्रता यूनियनको समेत समर्थन छ । स्नोडेनलाई अमेरिकी राष्ट्रपतिका रूपमा दुई हप्तापछि सत्ता सम्हाल्न लागेका डोनाल्ड ट्रम्पले ‘धोकेबाज’को संज्ञा दिँदै आएका छन् ।

गोपनीयता भंग गरेकै अभियोगमा ३५ वर्ष जेल सजाय पाएका चेल्सी म्यानिङमाथिको सजायलाई अधिकारकर्मीले अत्यधिक सजाय बताउँदै उनको मनोवैज्ञानिक समस्याका लागि सो सजाय अनुपयुक्त भएको बताउँदै आएका छन् । म्यानिङमाथि ७ लाख संवेदनशील सैन्य तथा कूटनीतिक महŒवका दस्तावेज विकिलिक्समार्फत सार्वजनिक गरको आरोप छ ।

ह्वाइट हाउसले स्नोम्यान र म्यानियालाई क्षमादान दिने कुरा असम्भव रहेको बताएको छ । यसबाहेक राष्ट्रपति ओबामालाई क्षमादानका लागि अन्य साना मुद्दाका विषयमा पनि क्षमादानका लागि हजारौं निवेदन परेका छन् । ओबामाले सन् २००९ मा कार्यभार सम्हालेपछि १ सय ४८ मुद्दामा क्षमदान दिएका थिए । यसअघि दुई कार्यकाल सत्तामा रहेका जर्ज डब्ुल बुसले १ सय ८९ र बिल क्लिन्टनले ३ सय ९६ मुद्दामा क्षमादान दिएका थिए ।

 

LEAVE A REPLY