हाईड्रोपावरमा अब अनलाइनबाटै लगानी प्रस्ताव गर्न सकिने

0
246

काठमाडौं–उर्जा मन्त्रालयले विद्युत्तमा लगानी गर्न इच्छुक लगानीकर्ताका लागी अनलाइनबाटै प्रस्ताव गर्ने सक्ने सिस्टमको शुरुवात गरेको छ ।

Advertisements

सोमबार उर्जामन्त्री जनार्दशन शर्माले वेबसाईटको उद्घाटन गर्दै अनलाईबाट संकलन भएको रकम विभिन्न आयोजनाहरुमा लगानी गरिने जानकारी दिए । ‘शेयर लगानी प्रतिबद्धता आह्वान’ गर्नका लागी वेभसाईड निर्माण गरेका हौं’ उर्जामन्त्री शर्माले भने, ‘यसबाट लगानीको सुनिश्चितता भएपछि विभिन्न आयोजनाहरु शुरु गरिनेछ ।’

उर्जा मन्त्रालयले हालसम्म गरेका काम र आगामी योजना सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उर्जामन्त्री शर्माले देशलाई नै लोडसेडीङ मुक्त गर्ने अभियान अगाडी बढाइएको बताए । उनले भने, ‘अहिले हामीलाई २७२१ मेगवाट बिजुली आवश्यक छ, आगामी २०३५ सालसम्ममा हामीलाई २९ हजार मेगवाट बिजुली आवश्यक हुन्छ ।’


उर्जा मन्त्रालयले अनुमतिपत्रसम्बन्धि निर्देशिका जारी गरेको जानकारी दिँदै मन्त्रि शर्माले भने, ‘बंगलादेशबाट उर्जा उत्पादनमा सहकार्यका लागी पठाएको एमओयु यहाँका विभिन्न निकायहरुसँग सहमति लिएर फिर्ता पठाइसकेका छौं ।’

‘चमेलिया जलविद्युत्तको आयोजनाको काम अब एक तिहाईमात्र बाँकी छ, कर्णाली प्रदेशका सबै घर परिवारले कम्तिमा एक लाख रुपैयाँ शेयर हाल्ने गरी प्रक्रिया अगाडी बढाइएको छ’ मन्त्री शर्माले भने, ‘ढल्केवर प्रशारण लाईन लागायतका बर्षौदेखि अलपत्र आयोजना सुचारु गरिएको छ ।’

अबको चार महिनामा देशभर लोडसेडिङ अन्त्य

उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको चार महिनामा मुलुकभर लोडसेडीङ अन्त्य गर्न सकिने जानकारी दिए । ‘काठमाडौं र पोखरामा लोडसेडिङ अन्त्य भैसकेको छ, पुर्वमा कहिलेकाँही सिस्टममा अनब्यालेन्स हुँदा थोरै समय मात्र लोडसेडिङ हुन्छ’ उनले भने, ‘आगामी जेठ महिनापछि ९०० मेगावाट जेनेरेशन हुँदैछ त्यसैले अबको करिब चार महिनापछी देशभर लोडसेडीङ अन्त्य गर्न सकिन्छ ।’

देशको पश्चिमी भागमा लोकल समस्याका कारण दिनमा तीन घण्टासम्म लोडसेडीङ हुने गरेको जानकारी दिँदै घिसिङले भने, ‘अबको दुई चार दिनमा महेन्द्रनगरदेखि धनगढी सम्मको भु–भागमा लोडसेडिङ हटाउनेतिर लागिरहेका छौं ।’
‘हेवा खोला (७ मेगावाट) चाँडै सिस्टममा जोड्दै छौं, त्यसका लागी सबस्टेशन चार्ज हुँदै छ’ उनले भने, ‘कावेली करिडोरको ट्रान्समिसन लाईन पनि यसै आर्थिक बर्षमा पुरा गर्दैछौं ।’

त्यस्तै चमेलिया जलविद्युत्त आयोजना यसै आर्थिक बर्षमा पूरा हुने जानकारी दिँदै घिसिङले भने, ‘खिम्ती ढल्केवर प्रशारण लाईन यसै हप्ता चार्ज गर्दैैछौं ।’

त्यस्तै देशब्यापी चुहावट हटाउने अभियानमा पनी आफु लागीपरेको घिसीङले बताए ।

उर्जा लागनीको ब्याज ५ प्रतिशत बनाउन प्रस्ताव

उर्जा मन्त्रालयले उर्जामा लगानीको ब्याज घटाएर ५ प्रतिशतमा ल्याउन प्रस्ताव गरेको छ । ‘हामीले ५ प्रतिशत मात्रै ब्याज कायम गर्न अर्थ मन्त्रालयमा लेखेर पठाएका छौं’ उर्जा मन्त्री शर्माले भने, ‘त्यस्तै डलरमा पिपिए गर्दा हुने रिस्क अन्त गर्नेतिरपनी आवश्यक कदम चालिसकेका छौं ।’

त्यस्तै दश हजार मेगावटा सम्म ‘टेक वा पे’ का आधारमा पिपिए गर्ने प्रक्रिाय शुरु गरेको जानकारी दिँदै शर्माले भने, ‘यसअघि ‘टेक एण्ड पे’ को आधारमा पिपिए हुने गरेको थियो ।

LEAVE A REPLY