मेस्सीले बार्सिलोनालाई हारबाट जोगाए

0
232

२४ पुस, काठमाडौं । लिओनल मेस्सीले अन्तिम मिनेटमा गरेको गोलसँगै बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलसँग हारबाट जोगिएको छ ।

Advertisements

आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियलसँग १-१ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा भएको खेलमा भिल्लारियलले ४९ औं मिनेटमा सानसोनेको गोलबाट अग्रता लिएको थियो । ९० औं मिनेटमा मेस्सीले बराबरी गोल फर्काए ।

खेलमा मेस्सीको एक प्रहार बारमा लागेको थियो भने भिल्लारियलका खेलाडी ब्रुनोको हृयाण्डमा बार्सिलोनाले गरेको अपिल रेफ्रीले अस्वीकार गरेका थिए ।

बराबरीपछि बार्सिलोला १७ खेलबाट ३५ अंकसहित तेस्रो स्थानमा छ र लिग लिडर रियल मडि्रडभन्दा ५ अंकले पछाडि परेको छ । साथै रियलले एक खेल कम खेलेको छ ।

LEAVE A REPLY