यस्तो छ नोकियाको नयाँ एन्ड्रोइड स्मार्टफोन

0
220

कुनै समय नोकिया ब्राण्डको मोबाइल विश्वभर यति लोकप्रिय थियो कि प्रयोगकर्ताहरु नोकियाको मोवाइल छाडेर अन्य बोक्ने मन गर्दैनथे । बिशेष गरी ब्याट्री लाइफका कारण पनि यो फोन लोकप्रिय भएको थियो ।फिनल्याण्डको एचएमडी कम्पनीको उत्पादन नोकिया मोवाइलले स्मार्टफोनको प्रयोग सुरु भएपछि आफूलाई परिस्कृत गर्न नसक्दा अन्य कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न सकेन र टाट पल्टियो । पछि माइक्रोसफ्टले यसलाई खरिद गरेको थियो ।

Advertisements

तर नोकियाको उत्पादन र बजारीकरणको बिशेष अधिकार रहेको एचएमडी ग्लोवलले चीनबाट नोकियाको नयाँ उत्पादन ‘नोकिया सिक्स’ मोडल सार्वजनिक गरेको छ ।

एचएमडी ग्लोवलको पहिलो स्मार्टफोन चीनको स्थानीय नेटवर्किङ कम्पनी ‘जेडी डट कम’को माध्यमबाट नोकिया सिक्स मोडलको स्मार्टफोन उपलब्ध हुनेछ । यसको मूल्य १६०० चिनियाँ युआन (करिव २५ हजार रुपैयाँ) निर्धारण गरिएको छ ।

कम्पनीका अनुसार उनीहरुले अर्को मोडल एच वानको पनि यसै बर्षभित्र सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।यद्यपि अहिलेसम्म यो मोवाइल चीन बाहिरका मुलुकहरुमा उपलब्ध हुने नहुनेबारे केहि खुलाइएको छैन ।

नोकिया सिक्स एन्ड्रोइडको ७.० भर्सनमा उपलब्ध छ भने यसमा दुईवटा सिम प्रयोग गर्न सकिन्छ ।मोवाइलको ५.५ इन्च पूर्ण एचडी स्क्रिन छ भने २.५ डिग्री कर्भ ग्लास र कर्निङ गुरिल्ला ग्लास ३ प्रोटेक्सन सुविधा छ ।

यो मोवाइल फोन ४ जीवी र्‍याम र अक्टा-कोर क्वाल्कोम स्न्यापड्रागन ४३० प्रोसेसरद्वारा सञ्चालित छ । ६४ जीवी इन्टरनल मेमेरी रहेको यो मोवाइलमा १२८ जीवीसम्मको मेमेरी कार्ड प्रयोग गर्न सकिनेछ ।नोकिया सिक्समा १६ मेघाफिक्सेल ब्याक र ८ मेघापिक्सेल फ्रन्ट क्यामरा छ । दुवैतर्फै फ्ल्यास लाइटको सुविधा छ ।

एचएमडी ग्लोवलले सन् २०१७ भित्र पाँच मोडलको नोकिया स्मार्टफोन बजारमा ल्यउने तयारी गरिरहेको छ । नोकियाको दोस्रो मोडल एमडब्ल्युसी २०१७ आउने संभावना छ । यो मोडलको फोन बार्सिलोनामा आगामी फेब्रुअरीमा हुने मोवाइल वर्ल्ड कंग्रेसमा सार्वजनिक गरिने तयारी भइरहेको वीवीसीले जनाएको छ । तर त्यसका फिचरहरुका बारेमा भने केहि खुलाइएको छैन ।

LEAVE A REPLY