परिवार स्वास्थ्य महाशाखा निर्देशकमा डा. केसी

0
249

काठमाडौँ- स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाको निर्देशकमा डा. नरेशप्रताप केसी नियुक्त भएका छन्। आइतबारको मन्त्रीस्तरीय निर्णयले डा. केसीलाई महाशाखाको निर्देशकमा नियुक्त गरेको हो। डा. केसीले सोमबार पत्र बुझेका छन्।

Advertisements

यसअघिका निर्देशक डा. आरपी बिच्छाको काज फिर्ता गरिएको छ। तत्कालीन स्वास्थ्यमन्त्री रामजन चौधरीले कान्ति अस्पतालमा कार्यरत डा. बिच्छालाई काज सरुवा गरी महाशाखाको निर्देशक बनाएका थिए। डा. बिच्छाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग कार्यक्रम स्वीकृत गरेबापत लाभ लिने गरेको भनी मन्त्रालयमा उजुरीसमेत परेको स्रोतको भनाइ छ। उनले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न नसकेको भन्दै मन्त्रालयले काज सरुवा फिर्ता गरेको बुझिएको छ।

LEAVE A REPLY