'दंगल'ले उछिन्यो पिकेको कलेक्सन रेकर्ड

0
241

आमिर खान स्टारर फिल्म ‘दंगल’ले वलिउडमा हालसम्मकै सर्वाधिक विजनेस गर्ने फिल्मको किर्तिमान कायम गरेको छ । यसअघि आमिरकै फिल्म ‘पिके’ वलिउडमा ३ सय ३९ करोडको विजनेस सहित अग्र पङ्तीमा थियो ।

Advertisements
अब पहिलो नम्बरमा अलटाईम हिट ‘दंगल’ भएको छ । ‘दंगल’ले अहिलेसम्म ३ सय ४४ करोड बढिको विजनेस गरिसकेको छ । वलिउड अनलाईन कोईमोई डटकमका अनुसार फिल्मले प्रदर्शनको १७ औं दिनमा पिकेको रेकर्ड तोडेको हो ।
स्पोर्ट्स ड्रामाले वर्डवाईड विजनेसमा पनि उत्तिकै कमाल देखाएको छ । भारतमा मात्र होईन विदेशमा विभिन्न शहरमा पनि यसले नयाँ भन्दा नयाँ रेकर्डहरु कायम गरेको छ । फिल्मलाई नितेश तिवारीले निर्देशन गरेका हुन् ।

LEAVE A REPLY