कविता – अनिता लामीछाने

0
523

हिजो यौटा चमेरो
रुखको हाँगामा टहलाईरहँदा
अचानक देखेछ
बिजुली चम्केको सपना

Advertisements

पर्ल्याक पुर्लुक्क मुण्टो
यता फर्काउँछ
उता फर्काउँछ
ठोंड नोंच्न खोज्छ
नङ्रा ठुंग्न खोज्छ

बिहान उज्यालो हुँदा नहुँदै
यौटा प्याधा आयो
र,तनक्क रवर तन्कायो र ताक्यो
चमेरोले बिचरा के देखोस उज्यालोमा
आफ्नै ठूंड पो जोत्न पुगेछ माटोमा

ओली टुक्का खुव प्रचलनमा थिए
जतिखेर सरकारबाहिरको आनन्द थियो
अब त टुक्का पनि सपनाका
टापु टापु भएर शूली चढ्दैछन
सायद यहिं होला
सत्ताको स्वाद र उन्माद !

LEAVE A REPLY