इजिप्टमा ट्रक बम ठोक्काउँदा आठको मृत्यु

0
351

कायरो / एजेन्सी– इजिप्टको उत्तरी सिनाईको अल–अरिस सहरको एक प्रहरी चेकपोस्टमा ट्रक बम लगेर ठोक्काउँदा कम्तीमा पनि आठजना सुरक्षाकर्मीको मृत्यु भएको छ । सोमबार आत्मघाती हमलाकारीले प्रहरी चेकपोस्टमा विस्फोटक पदार्थले भरिएको ट्रक लगेर ठोक्काएलगत्तै गोलीसमेत चलाएका थिए ।

यो समाचार तयार पार्दासम्म आक्रमणको जिम्मा कसैले लिएको छैन । सन् २०१३ मा तत्कालीन राष्ट्रपति मोहम्मद मुर्सीविरुद्धको प्रदर्शनका क्रममा प्रहरी दमनपछि सो क्षेत्रमा यस प्रकारका घटनाहरू हुने गरेका छन् । त्यसपछि हालसम्म भएका घटनाहरूमा सय भन्दा बढी प्रहरी अधिकारी तथा सैनिक मारिएको जनाइएको छ । गत नोभेम्बरमा प्रहरी चेकपोस्टमा कारबम आक्रमण हुँदा आठजना सैनिक मारिएका थिए ।

Advertisements

LEAVE A REPLY