फेरि हुंदैछ बुटवलमा फुटवल संग्राम

0
263

१९ औं तिलोत्तमा गोल्ड कप फागुनमा ,विजेताले पाउनेछन् नगद ५ लाख ५५ हजार ५ सय ५५

Advertisements

बुटवल, राजधानी बाहिरको चर्चीत प्रतियागिता हो तिलोत्तमा गोल्ड कप फुटवल । जसको १९ औं कप प्रतियोगिता आगामी फागुनमा बुटवलमा हुने भएको छ । रुपन्देही फुलबल संघको आयोजनामा फागुन १२ गतेदेखि २१ गतेसम्म प्रतियोगिता हुन लागेको हो । संघले देवीनगरस्थित एन्फा टेक्नीकल सेन्टरमा हुने प्रतियोगिताको तयारी थालेको जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि भारतको दुई टिमसहित नेपालका ए डिभिजनका १४ वटा क्लबहरुलाई पत्राचार गरेको अध्यक्ष दिर्घबहादुर केसीले बताए । उत्कृष्ट मध्येका १० टिमलाई प्र्रतियोगितामा समावेश गरिने छ । प्रतियोगिताका लागि सचिवालय स्थापना भएको छ । मुल्याकन समिति, खेलकुद मैदान मर्मतसंभार ब्यवस्थापन, पार्किङ्ग, सुरक्षा, यातायात, टिम व्यवस्थापन, रेफ्रि, प्रचारप्रसार, अतिथि सत्कार ब्यवस्थापन लगायतका उपसमितिहरु गठन गर्ने कामहरु अघि बढेको महासचिव लोक पुनले बताए । प्रतियोगिताका लागि करीब ७४ लाख खर्च अनुमान गरिएको आयोजक अहिले प्रायोजक खोज्ने काममा जुटेकोे छ । प्रतियोगितामा उपाधि विजेताले नगद ५ लाख ५५ हजार ५ सय ५५, उपविजेताले नगद ३ लाख ५५ हजार ५ सय ५५ पाउने छन् । उत्कृष्ट विधाका ५ जना खेलाडीहरुलाई समेत १५ हजारका दरले नगद पुरस्कार दिइने छ । भुकम्प पीडितको सहयोगका लागि भन्दै फुटबल संघले ५ वर्षदेखि रोकिएको तिलोत्तमा गोल्डकपको १८ औ सस्करण गत वर्षको जेठमा आयोजना गरेको थियो । प्रतियोगिता आयोजना गर्दा संघले ४८ लाख ५१ हजार ५ सय ७५ रुपैया संकलन गरेको थियो । ८ दिनसम्म संचालित फुटबलमा करिब साढे ३९ लाख रुपैया खर्च भएको थियो । प्रतियोगिताबाट बचेको ९ लाख रकममा आफूहरुले ४ लाख संकलन गरेर १३ लाख गोर्खामा भुकम्पबाट क्षति पुगेको धर्मोदय माविको भवन बनाउन सहयोग गरेको थियो । यो पटक समेत सामाजिक कामलाई समेत निरन्तता दिने फुटबल संघका अध्यक्ष केसीले बताए । बुटवल उपमहानगरपालिका संरक्षक रहेको तिलोत्तमा गोल्डकप २०३१ सालमा बुटवल नगरपालिकाद्धारा स्थापना भएको थियो । गोल्ड कप ०३३ सालमा पहिलो पटक आयोजना भएको थियो । बुटवल नगरपालिका र जिल्ला फुटवल संघको सहकार्यमा सञ्चालन हुदै आएको प्रतियोगिता हरेक वर्ष हुने भनिए पनि बीच बीचमा राजनैतिक अस्थिरता, आर्थिक, खेल र प्रतिबद्धताको अभावमा पटक पटक रोकिने गरेको छ । यसले गर्दा ४२ वर्षमा बल्ल १९औं सस्करणसम्म पुगेको छ । बुटवल उपमहानगरपालिकाका योजना प्रमुख सुमन श्रेष्ठले आपसी समन्वय अभावले नियमीत प्रतियोगितामा समस्या परेको बताए ।

LEAVE A REPLY