उच्च अदालतका ८० न्यायाधीसको नियुक्ती आज (को–को आउँदैछन् ?)

0
313

काठमाडौं– आज उच्च अदालतका ८० न्यायाधीस नियुक्ति हुने सम्भावना छ । यसका लागि न्यायपरिषद्को वैठक अहिले बसिरहेको छ ।

Advertisements

–परिषद्ले उच्च अदालतमा रिक्त ८० न्यायाधीश नियुक्ति सिफारिसका लागि योग्य उम्मेदवार छनोट सकिसकेको छ । यसलाई अव अन्तिम रुप दिन मात्र वाँकी रहेको परिषद् स्रोतको भनाई छ ।

-न्यायपरिषद्मा प्रधानन्यायाधीश सुशीला कार्की अध्यक्ष छिन् । त्यस्तै, सदस्यहरूमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश वैद्यनाथ सिंह, नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त रामप्रसाद सिटौला, प्रधानमन्त्रीको सिफारिसमा नियुक्त पदमप्रसाद वैदिक र कानुनमन्त्री अजयशंकर नायक सदस्य छन् ।

–जिल्ला न्यायाधीशबाट– ३७ जना, नेपाल बार एसोसिएसनबाट– २७ जना तथा –सहसचिव र विशिष्ट श्रेणी– १६ जना (कानुन, न्याय र सरकारी वकिल समूह) जना नियुक्त हुनेछन् ।

–परिषद्ले नियुक्तिका लागि कात्तिक तेस्रो साता व्यक्तिगत विवरण आह्वान गरेर छनोट प्रक्रिया सुरु गरेको थियो । र गत मंसिर पहिलो सातासम्म आठ सय योग्य उम्मेदवारले परिषद्मा व्यक्तिगत विवरण (बायोडाटा) बुझाएका थिए ।

–१५ वर्षभन्दा कम वकालत गरेकाहरू र बार काउन्सिलमा उजुरी परेका वकिलहरूको नाम योग्य सूचीबाट हटाइएको छ ।

–त्यस्तै, पेन्सन नगएका, लामो समयदेखि सरकारी वकिल समूहमा रहेकाहरूको नाम पनि हटाइएको छ ।

–न्यायपरिषद्ले बनायो छुट्टै मापदण्ड अधिवक्ताहरूबाट नियुक्ति गर्दा ठूलो संख्यामा प्रतिस्पर्धी देखिएकाले न्यायपरिषद् बैठकले उच्च अदालतका लागि योग्यता पुगेकामध्ये पनि योग्यतम न्यायाधीश सिफारिसका लागि छुट्टै मापदण्डसमेत बनाएको छ ।

–परिषद् बैठकले अधिवक्ताहरूमध्येबाट नियुक्त गर्दा धेरैजसो वरिष्ठ अधिवक्ताहरू पर्नेगरी पुरुषतर्फ कम्तीमा १८ वर्ष वकालतमा संलग्न तथा महिलातर्फ १५ वर्ष वकालतमा लागेकाहरूलाई नियुक्ति सिफारिस गर्नेगरी मापदण्ड बनाएको छ ।

–संविधानमा ‘जिल्ला न्यायाधीश या वरिष्ठ अधिवक्ताका रूपमा कम्तीमा पाँच वर्ष काम गरेको या अधिवक्ताका रूपमा कम्तीमा १० वर्ष निरन्तर वकालत गरेको या कानुनी क्षेत्रमा अध्यापन–अन्वेषण गरेको या न्यायसेवाको राजपत्रांकित सेवामा कम्तीमा पाँच वर्ष काम गरेको व्यक्ति उच्च अदालतको मुख्य न्यायाधीश या न्यायाधीशमा नियुक्त हुन योग्य भएको मानिने’ उल्लेख छ ।

LEAVE A REPLY