पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन एमाले सांसदको माग

0
258

काठमाडौं : व्यवस्थापिका संसद् बैठकको शून्य समयमा बोल्दै एमाले सांसद प्रकाश ज्वालले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिन माग गरेका छन् ।

Advertisements

मंगलबारको संसद् बैठकमा बोल्दै सांसद ज्वालाले पृथ्वीनारायण शाह राजा मात्र नभएर आधुनिक नेपालका निर्माता भएकाले विदा दिनुपर्ने बताए ।

‘पृथ्वीनारायण शाह राजामात्र थिएनन् आधुनिक नेपालका राष्ट्रनिर्माता हुन’, ज्वालाले भने, ‘त्यसैले उनको जन्मजयन्तीका दिन सार्वजनिक विदा दिन सरकारसँग माग गर्दछु ।’

सांसद ज्वाला एमाले पोलिटब्यूरो सदस्य तथा अर्थ समितिका सभापति समेत हुन् । यसअघि कांग्रेस र राप्रपाका केही सांसदले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस मानेर सार्वजनिक विदा दिनुपर्ने माग गरेका थिए ।

त्यस्तै, एमाले सांसद पुरुषोतम पौडेलले काठमाडौँ-निजगढ फास्ट-ट्रयाक बनाउने सरकारी निर्णय ६ महिना भइसक्दा समेत टेन्डर आह्वान नगरेको प्रति आपत्ति जनाएका छन् ।

सांसद पौडेलले सरकारले १० अर्ब बजेट छुट्याएको अवगत गराउदै अहिलेसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले टेन्डर आह्वान नगरेकोप्रति आपत्ति जनाएका हुन् ।

LEAVE A REPLY