नेपथ्यको कन्सर्टका साथमा पल्सर डेयरभेन्चर

0
256

काठमाडौं / बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले आयोजना गरेको बजाज पल्सर डेयरभेन्चर नामक बाइक रियालिटी सोको दोस्रो संकरण सकिएको छ । कम्पनीले  नेपथ्यको कन्सर्टसहित यसको दोस्रो संस्करण पनि भव्य रूपमा समापन गरेको बताएको छ ।

Advertisements

समापनमा नेपाल बेस्ट राइडर, नेपाल बेस्ट राइडर रनरअप, तथा मस्ट पपुलर राइडर अवार्ड विजेताहरू क्रमशः रामविक्रम थापा, विक्रम केसी र सुदीप श्रेष्ठलाई नगद पुरस्कारसहित पल्सर एनएस हस्तान्तरण गरिएको थियो । यसपटक पाँचजना राइडर फाइनलमा पुग्न सफल भएका थिए । पाँचजना राइडरहरूमा सपना गुरुङ, रामविक्रम थापा, राम भण्डारी, विक्रम केसी तथा निश्चल पोखरेल रहेका थिए ।

pulser

सहभागीहरूमध्ये विजेता रामविक्रम थापाले १० लाखका साथमा पल्सर एनएस, उपविजेता विक्रम केसीले ५ लाखका साथमा पल्सर एनएस प्राप्त गरेका थिए भने तेस्रो विजेता सुदीप श्रेष्ठले पल्सर एनएस प्राप्त गर्न सफल भएका थिए ।

चर्चित ब्यान्ड नेपथ्यले विभिन्न उमेर समूहका लगभग १५ हजार  दर्शहरूको उपस्थितिमा स्टेज तताएको थियो । १० वटा एल्बमका साथमा यसका गायक अमृत गुरुङले एक्लै सन् १९९० को दशकमै चर्चित छेक्यो छेक्यो… गीतदेखि जोमसोमै बजारमालगायत, रेशमसहित सन् २०१५ को पछिल्लो एल्बम रामा रामा सम्मका गीत गाएका थिए ।समापन समारोहको अवसर पारेर बजाजले पल्सरको ‘नाता विश्वासको’ नामक आफ्नो ब्रान्डको नीति झल्काउने नयाँ कर्पोरेट भिडियो पनि सार्वजनिक गरिएको थियो ।

यसमा विभिन्न संस्कृति तथा भूभागका मानिसहरूसम्म पुगेर विभिन्न स्थानको संस्कृति झल्काउनुका साथै एड्रियन प्रधानले गाएको र जेम्स प्रधानले कम्पोज गरेको विशेष गीत ‘उकाली ओरालीहरूमा’ को भिडियो पनि समावेशगरिएको छ ।पाँच मिनेटको भिडियोमा नेपालका विभिन्न भूभागहरूको झलक र बजाजले कसरी हरेकको जीवनलाई छोएको छ भन्ने कुरासमेत देखाइएको छ ।

गोल्छा अर्गनाइजेसन आबद्ध बहुराष्ट्रिय ब्रान्ड बजाजले आयोजना गरेको पल्सर डेयरभेन्चर नेपालमा आयोजना भएको पहिलो रोमान्चक बाइक रियालिटी सो हो ।

डेयरभेन्चर निडर र साहसी १० जना बाइकरका लागि आनन्द र अनुभव लिने अवसरका रूपमा आएको छ । जहाँ बाइकरहरूले पक्की सडकका साथै कच्ची सडकमा समेत नयाँ पल्सर बाइकमा यात्रा गर्न पाउँछन्, जुन बाइक साहसिक यात्राका लागि बनाइएको हो । पल्सर डेयरभेन्चरका सहभागीहरूले विभिन्न चरणका तालिम लिँदै र आफ्नो साहसिकता प्रस्तुत गर्दै आएका हुन् ।

 

LEAVE A REPLY