ग्यांस बिक्रेताहरु आन्दोलनमा,बजारमा ग्यांस अभाव

0
269

 

बुटवल २६ पुस,ग्यास उद्योगहरुले एकाएक कमिसन घटाएको भन्दै डिलर ब्यबसायीहरु आन्दोलनमा उत्रिएकाछन् ।
मंगलबार उनीहरुले बुटवलमा रहेका ग्यास उद्योगहरुमा धर्ना दिए ।

उद्योगहरुले पहिले ंिददै आएको प्रति सिलिण्डर ५० रुपैंया कमिसन घटाएर ३२ रुपैंया पुर्याएकाले आफूहरु बिरोधमा उत्रिएको ग्यास बिक्रेता संघ बुटवलका अध्यक्ष प्रदिप प्रसाद पन्तले बताए ।
माग पूरा नहुंदासम्म आन्दोलन नरोक्ने बरु ग्यास बेच्नै छाडिदिने उनले बताए ।पौष २० गतेदेखि डिलरहरुले उद्योगहरुबाट ग्यास उठाएका छैनन् ।
रुपन्देहीमा सिद्धार्थ,त्रिशुल,बुटवल,स्वस्तिक,आरती नामका पांच वटा ग्यांस उद्योग छन् । रुपन्देहीमा ४ सय १७ वटा ग्यांस डिलर छन् ।
डिलरहरु आन्दोलनमा उत्रिएपछि बजारमा ग्यास अभाव शुरु भैसकेको छ ।

Advertisements

LEAVE A REPLY