अब त्रिभुवन विमानस्थलमा ११ करोडको एक्सरे मेसिन जडान हुने

0
186

२७ पुस, काठमाडौं । त्रिभुवन विमानस्थलमा हाल चालु रहेको एक्स रे मेसिनले ‘होल बडी’ एक्सरे नहुने भएकाले चोर र तस्करहरुलाई सजिलो भइरहेको सरकारी अधिकारीहरुले निश्कर्ष निकालेका छन् । यसको समाधानका लागि अब ११ करोडको अत्याभुनिक मेसिन जडान हुने भएको छ ।अहिले चालु रहेको मेसिनबाट कालो प्लास्टिकमा बेरिएको सामान समेत पत्ता लगाउन समस्या हुने भएकाले पछिल्लो समय तस्करीमा यो प्रविधि प्रयोग गर्न थालिएको जानकारी दिइएको थियो ।

Advertisements

यसैसाता सुन तस्करहरुले पनि एक्स रे मेसिनलाई झुक्याउनका लागि सुनलाई कालो टेप र कार्बनमा बेरेर विमानस्थलमा ल्याएका थिए । भन्सार विभाग प्रमुख शिशिर ढुंगानाले अन्तरराष्ट्रिय विमानस्थलमा अब ११ करोड ९५ लाख रुपैयाँ बराबरको नयाँ एक्स रे मेशिन जडान गर्ने तयारी भइरहेको बताएका छन् ।

यो मेसिनले मानिसको ‘होल बडी’ चेक गर्न सकिने आन्तरिक रुपमा लुकाइएका चिजसमेत एक्सरे गर्ने जानकारी ढुंगानाले दिए ।

अहिले एक्सरे सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति कम रहेकाले पनि कर्मचारीलाई लामो अवधिसम्म सरुवा नगरी त्यही जिम्मेवारी दिनुपरिरहेको समेत ढुंगानाले उल्लेख गरे ।

LEAVE A REPLY