चोर बाटोबाट आएको संशोधन प्रस्ताव पारित हुन दिन्नौं-पोखरेल

0
206

बुटवल पुष २८,नेकपा एमाले स्थायी कमिटी सदस्य नेता शंकर पोखरेलले निर्र्वाचन घोषणा गर्नु र संबिधान कार्यन्वयन गर्नु साटो चोरबाटोबाट संशोधन प्रस्ताव ल्याएर सरकार उल्टो बाटोमा लागेको बताउनु भएको छ । बिहिबार बिहान प्रेस चौतारी रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाले संविधान कार्यान्वयन गराउने दायीत्व पूरा गराउनु साटो संशोधन प्रस्ताव ल्याएर विवाद बढाउने र देशलाई अधो गतितिर लैजान लागेको आरोप लगाउनुभयो । नेता पोखरेलले चुनावबाट भाग्न र विवाद बढाउन मात्रै सत्तारुढ दलले १० प्रतिशतलाई रिझाउने र ३३ प्रतिशतलाई अलग्याउने संविधान संशोधन प्रस्ताव ल्याएको दावी समेत गर्नुभयो । उहांले चोर बाटोबाट आएको संविधान संशोधन प्रस्तावलाई संसदमा सहीबाटोबाट छलफल हुन र पारित हुन नदिने जीकिर गर्नुुभयो । – See more at: http://www.lumbinireview.com/2017/01/12/4864#sthash.S3mRJMYC.dpuf

Advertisements

LEAVE A REPLY