प्रहरीले प्रहरीमाथि नै अन्धाधुन्द गोली चलाउँदा चार प्रहरीको मृत्यु

0
224

नयाँ दिल्ली (भारत), २८ पुस । भारतीय अर्धसैनिक सुरक्षा बलका एक जवानले भारतको बिहार राज्यको औरङ्गावाद शहरमा आफ्नै सहकर्मीमाथि गोली चलाउँदा चार सुरक्षाकर्मीको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् ।

Advertisements

औरङ्गवाद शहरको ‘सेन्ट्रल इन्डष्ट्रियल सेकुरिटी फोर्स’ मा कार्यरत सुरक्षा अधिकारीबीच सुरक्षा बिषयमा एक आपसमा जानकारी गराइरहेका समयमा भएको बताइएको छ ।

छलपलका क्रममा अर्धसैनिक सुरक्षा अधिकारीले गोली चलाउँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने गम्भीर घाइते दुई जनको उपचारका क्रममा मृत्युभएको अल आफ्नो नाम गोप्य राख्ने शर्तमा सिन्ह्वालाई बताए । घटनास्थल विहारको राजधानी पटनाबाट १२० किलोमिटर टाढा पर्दछ ।सिन्ह्वा

LEAVE A REPLY