सेयर बजारमा ३२ करोड २७ लाखको कारोबार

0
237

काठमाडौंः सेयर बजारमा साताको अन्तिमदिन सेयर बजारमा हरियाली देखिएको छ । कारोबारको सुरुवातदेखि नै उकालो ओरालो लाग्ने क्रममा रहेको बजार अन्तिम समयमा ३.३५ अंकले बढेर १४७९.८६ अंकमा पुगेको हो ।

Advertisements

१२० कम्पनीको २६ लाख ७७ हजार १३ कित्ता सेयर ३२ करोड २७ लाख ४५ हजार रूपैयाँ बढीको सेयर कारोबार भएको छ । यो दिन होटेल र अन्य समूहको परिसूचक ओरालो लागेको छ भने बाँकी समूह उकालो लागेको छ ।

यो दिन जलविद्यूत समूहको परिसूचक ९.९२, बिमा सूचकको परिसूचक ९.२३ बैकिङ समूहको ५.९३, वित्त समूहको शून्य दशमलव ९७,  विकास बैंक समूहको परिसूचक शून्य दशमलव ०७ अंकले उकालो लागेको छ ।

यो दिन सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–१ को चार करोड ९४ लाख ८३ हजार रुपैयाँको सेयर खरिदबिक्री गरेको छ । लक्ष्मी बैंकको तीन करोड ७७ लाख ९६ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ भने सिद्धार्थ बैंकको एक करोड ७७ लाख १३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ  ।

लक्ष्मीले ३८ प्रतिशत बोनस सेयर दिने घोषणा र सिद्धार्थ बैंकले ३० प्रतिशत हकप्रद सेयर दिने बताएको छ । त्यसको असर स्वरुप दुवै कम्पनीको कारोबार रकम बढेको छ ।

LEAVE A REPLY