उर्जामन्त्री शर्मामाथि अर्घाखाँचीमा ढुँगा प्रहार, दुई जना घाइते

0
262

अर्घाखाँची,२८ पुस। उर्जामन्त्री जर्नादन शर्मामाथि अर्घाखाँचीमा ढुँगा प्रहार भएको छ।

Advertisements

बिहीबार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा उद्योग वाणिज्य संघले आयोजना गरेको अर्घाखाँची महोत्सवको उद्धघाट्न गर्न पुगेका मन्त्री शर्मामाथि स्टेजमै ढुँगा प्रहार भएको हो।

मञ्चमा माओवादी केन्द्रकै नेता डिलाराम आचार्यले सम्बोधन गर्दैगर्दा मन्त्री शर्मामाथि ढुँगा प्रहार भएको हो । कार्यक्रमा ढुँगा मुढा  प्रहार भएको जिल्ला प्रहरी अर्घाखाँचीका इनिस्पेक्टर रन्जनबहादुर स्वारले  बताए । २ जना घाइते समेत भएका छन् उनले भने ।

घाइते हुनेमा अर्घाखाचीकै किमडाडाका मानबहादुर भुषाल र प्रेम खड्का घाइते भएका छन् । भुषालको कानमा चोट लागेको छ भने खड्काको निधारमा चोट लागेको छ ।

नेता आचार्यले सम्बोधनको क्रममा अहिले सरकारले संसदमा टेबुल गरेको संविधान संशोधन विद्येयकमा सिमांकन हेरफेर जायज रहेको बताएपछि स्थानीयवासी आक्रोशित बन्दै मन्त्री शर्मामाथि नै ढुँगा प्रहार गरेका थिए।

मञ्चमा अन्धधुन्द ढुँगामुढा प्रहार भएपछि कार्यक्रम नै विथोलिएको थियो। स्थानीयले आफूहरु कुनै पार्टी नभनी ५ नम्बर प्रदेश टुक्र्याउने भारतीय योजना बिरुद्ध आन्दोलित रहेको भन्दै आचार्यमाथि जाइलागेका थिए ।

‘हामी अर्घाखाँचीबासी जुनसुकै पार्टीका भए पनि भारतले चाहे अनुसार प्रदेश विभाजन गर्ने योजनाको विपक्षमा छौं’ उनीहरु भन्दै थिए ।

उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल र माओवादी नेता डिलाराम आचार्य बिरुद्ध पनि भारतीय दलाल भन्दै नारा लगाएका थिए ।
महोत्सवमा माओवादी नेताले दिएको अभिब्यक्तिबाट तनावग्रस्त बनेको सन्धीखर्कमा भीड शान्त पार्न प्रहरीले लाठी चार्ज र हवाइ फायर गर्दा आधा दर्जन घाइते भएका छन् ।

कार्यक्रममा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी, काँग्रेस नेता चन्द्र भण्डारी लगायतका नेताहरुको उपस्थिति थियो।

LEAVE A REPLY