चर्चित डन दीपक मनांगे तीन सय जनाको दलबलसहित राप्रपा प्रवेश

0
258

काठमाडौं,

Advertisements

चर्चित डन दीपक मनांगे राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् । राप्रपा उनको पुरानै पार्टी हो ।

राप्रपाबाट असन्तुष्टि जाहेर गर्दै एक दशक अगाडि कांग्रेस प्रवेश गरेका उनी पछिल्लो समय कुनै पनि पार्टीमा आबद्ध थिएनन् । कांग्रेसबाट पनि बिरक्तिएपछि उनले आफ्नो छुट्टै दल बनाएर राजनीति गर्न खोजेका थिए ।

कांग्रेसमा रहँदा नेपाल तरुण दलको जिल्ला अध्यक्षसमेत भएका मनांगे बिहीबार आफ्ना तीन सय सहकर्मीसहित राप्रपा प्रवेश गरेका हुन् । विगतमा राप्रपामा रहँदा पशुपति शम्शेर राणाका सहयोगी भनेर चिनिएका उनलाई बिहीबार कमल थापाले दलबलसहित पार्टी प्रवेश गराएका हुन् । राप्रपा अध्यक्ष थापाले नयाँ बजारमा खादा र अबिर लगाएर उनलाई पार्टीमा प्रवेश गराएका हुन् ।

LEAVE A REPLY