म पृथ्वीनारायण शाह

0
243

रचनाकार कवी- विश्वविमोहन श्रेष्ठ

Advertisements

जोडेर धेरै मनहरु
फोडेर धेरै किल्लाहरु
यो देश बनाउने
अपराधी मै हुँ
गुमनाम तिमीलाई
नाम दिएर
स्वाभिमान तुल्याउने
अपराधी पनि मै हुँ
जजस्ले आँखा लगाए
यो माटोमाथि
गर्दन रेटेर तिनीहरुको
खडाँ पखाल्ने पनि मै हुँ
हो,

यो देश बनाएर अपराध गरेको भन्छौं भने??
त्यो अपराधी पनि मै हुँ
हो, यो देश बनाउने
अपराधी मै हुँ ।

तिमीले उठाएको
त्यो रातो झण्डा
फहराउने अपराधी मै हुँ
तिम्रो धमिनीमा हरदम बहने
चेतनाको ज्वाला मै हुँ
बारबार झकाएर  तिम्रो शिर उठाउने
अपराधी पनि मै हुँ
यो गुम्बा बनाउने मै हुँ
यो गीर्जा ठडाउने मै हुँ
मस्जिद, मन्दिर पुज्ने मै हुँ

चर्केर चीराचीरा भएको
पिडालाई पखालेर
संग्लो देश बनाउने
अपराधी पनि मै हुँ
हो, ज जस्ले घात गरे यो माटो माथि
त्यो फिरंगीलाई लखेट्ने
अपराधी पनि मै हुँ
थाकेर लखतरान हर साँझ
तिम्रो नानीसँग
कोक्रोमा निदाउने त्यो निषाद पनि
मै हुँ
हर बिहान
झुल्केर घामसँग
तिम्रो अनुहारमा पोखिने
उज्यालो पनि मै हुँ ।

आउ, मलाई कोपर
चिथोर
पारेर नाङ्गेझार
सडकमा घिसार
म कदापी आहत हुन्न
यो माटो मेरो हो
यो कहिल्यै पराइलाई दिन्न
छिनालेर मेरो शालिक
तोड, फोड
एकता यो टुट्न दिन्न
बग्छ भने बगोस
रगतको नदी
म यो देश मर्न दिन्न
म यो देश मर्न दिन्न ।

LEAVE A REPLY