नदीको वेगसँग

0
265

नदीको वेगसँग
युवा कवी तथा साहित्यकार-दुर्गाप्रसाद पोख्रेल (हाल लन्डन)

Advertisements

 

 

 

 

 

एकदिन टक्क उभिएर
उसँग मैले सोधें-
‘तिमी को हौ
कता पुग्न दौडिइरहेछौ ?’

उसले भन्यो-
‘ नदीको वेग हूँ म
बगिरहेछू नदीसँग
रोक्यौ भने मेरा खुट्टाहरू
लडाउनेछु तिमीलाई
किनकि मसँग अड्ने विकल्प छैन
मेरो उद्देश्यमा मृत्यु पनि बाधक बन्न सक्दैन ।’

म प्रवाहित हुदै उसका कुरा सुनिरहें
वेगले बेगिदै भन्यो-
‘ मसँग ठडिने समय पनि छैन
उत्तर दिन अडिने समय पनि छैन ।
यत्ति थाह छ
म बग्नुपर्छ निरन्तर
बगाईमै मेरो तिर्सना मेटिनेछ
बगाईमै मेरो गन्तव्य भेटिनेछ ।
म बग्न छाडेको पल म रहनेछैन
मेरो प्रवाहशीलता रोकिए
नदी पनि प्रदूषित हुनेछ ।’

म नदीछेऊमा उभिएँ
प्रवाहशील वेगलाई टाढासम्म हेरिरहें
आनन्दले मन भरिएर आयो
मानौ म मेरै वेग हेरिरहेथें
सोचको वेग
सिर्जनशीलताको वेग ।

म अहिले पनि सोच्छु
चिन्तनको गतिशीलतामा बाँच्नुको अर्थ छ
शायद सोच्न छोडेको पल
मेरो जीवन पनि
वेगहीन नदी झै प्रदूषित हुनेछ ॥

LEAVE A REPLY