रह्स्यमय बन्दै ‘छक्का पञ्जा’ पाईरेसीको आरोप लागेका युवाको आत्महत्या ?

0
257

काठमाडौं– दीपकराज गिरीले निर्माण गरेको ‘छक्का पञ्जा’ चलचित्र पाईरेसी गरेको आरोप लागेका युवा मृत फेला परेपछि उनको हत्या हो वा आत्महत्या भन्ने आशंका बढेको छ ।

Advertisements

नवलपरासिको शिवमन्दिर गाविस वडा नम्बर ३ स्थायी घर भएका कृष्ण सुवेदी बिहीबार साँझ काठमाडौं महानगरपालिका–९ बिजयचोकस्थित दिक्षा आचार्यको घरमा मृत फेला परेका हुन् ।

‘बिहीबार साँझ करिब साँढे ६ बजेतिर सुवेदीलाई आफ्नै कोठाको सिलीङमा झुण्डिएको अवस्थामा फेला पारेका हौं’ महानगरीय प्रहरी वृत गौशालाका प्रमुख प्रहरी नायव उपरिक्षक नवराज कार्कीले भने, ‘शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाईएको छ ।’

दिपकराज गिरीले निर्माण तथा दिपाश्री निरौलाले निर्देशन गरेको चलचित्र ‘छक्का पञ्जा’ राम्रो चलिरहेको बेला पाईरेसी गरेको भन्दै महानगरीय अपराध महाशाखामा उजुरी समेत परेको थियो । उजुरी परेसँगै केही दिनअघी सुवेदीलाई टेकुमा बोलाएर केरकार गरेसँगै छाडेको प्रहरीले जनाएको छ ।

पाईरेसीमा कृष्णको संलग्नता नदेखिएपछि दुवै पक्षलाई मिलापत्र गराएर छाडेको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सर्वेन्द्र खनालले बताए ।

बिहीबार विहान मात्रै आफ्नो स्थायी घर नवलपारासिबाट फर्केका सुवेदी साँझ मफ्लरको पासोमा झुण्डिएको अवस्थामा फेला परेपछी उनका साथी सागर सापकोटाले प्रहरीलाई खबर गरेका थिए । नवलपरासिको गैंडाकोट स्थायी घर भएका सागर र कृष्ण एउटै कोठामा बस्थे ।

सागरले आफ्नो अफिसबाट पटक–पटक फोन गर्दा कृष्णले नउठाएको र डेरा फर्कँदा मृत फेला परेको प्रहरीलाई बयान दिएका छन् ।

सिनामंगलस्थित नोवल मेडिकल कलेजबाट बिपीएच ‘ब्याचलार इन पब्लिक हेल्थ’ को पढाई पुरा गरेका सुवेदीको पोष्टमार्टम भैसको छ । पोष्टमार्टमको रिपोर्ट नआएसम्म हत्या वा आत्महत्या भन्न सकिने स्थित छैन ।

नोटमा लेखे, ‘मेरो हत्या भएको हो !’

प्रहरीले घटनास्थलमा सुवेदीको हस्ताक्षरीत नोट फेला पारेको छ । नोटमा उनले आफ्नो मृत्यु नभएर हत्या भएको दावी गरेका छन् ।

आफुलाई एक हप्ता अघिबाट ज्यान मार्ने धम्कि आएको उल्लेख गर्दै उनले लेखेको नोटमा भनिएको छ, ‘आमा, बाबा, दाई, दिदी मलाई माफ गर्दिनु, बैंकको खातामा मेरो जम्मा गरेको एक लाख रुपैयाँ आमालाई दिनुहोला । यस्तै हुन्छ कि भनेर यो नोट पहिल्यै लेखेको थिएँ ।’
कृष्णसहितको टिमले पाइरेसी गरेको भनिएको छक्का पञ्जाको भिडीयो बिहीबार धेरैले मोबाइलमा हेरेको बताईएको छ । फिल्म निर्माता दिपकराज गिरी हाल युरोपमा सोही फिल्म सो गर्न गएका छन् । बिहीबार उनले सामाजिक सञ्जालमा ‘फिल्म पाइरेसी गर्नेलाई छाडीँदैन’ भन्दै स्ट्याटस पोष्ट गरेका छन् । उनको मृत्युपछि दिपकराज गिरीले पुनः फेसबुकमा स्टेटस लेखी दुःख व्यक्त गरेका छन् ।

छक्का पञ्जाको डिजीटल राईट लिएको हाईलाइट्स नेपालले पाईरेसी भएपछी शुक्रवारबाट युट्युवमार्फत फिल्म सार्वजनिक गरेको छ ।रातोपाटी का अनुसार

LEAVE A REPLY