माघेसक्रान्ती रिडी मेला र आमा ले पकाएको खीचडी को सम्झना ।

0
999

 

रिडीलाई स्याड़जा गुल्मी र पाल्पाको संगम स्थल मानीन्छ।रिडी को कुरा गर्दा पाल्पा को अर्गली र स्याड़जा को कारीकोट (कालीपार) लाई छोडीयो भने खासै शोभा आउदैन ।म जन्मेको कालीपार मा हो अनी स्कुल शीक्षा पुरागरेको अर्गली हाईस्कुल बाट ।मलाई रिडी को मेला ले नछुने कुरै भएन ।रिडी को मेला ले धेरै कुरा को सम्झना दिलाउछ वालापन को झझल्को दिन्छ ।भलै धेरै बर्ष भईसक्यो म त्यो मेलाबाट टाढा भएको प्रतक्ष सहभागी नभएको धेरै भईसक्यो त्यस्तो अबसर जुरेको छैन ।जीन्दगी का महत्व पुर्ण जीम्मेदारी समाल्ने क्रम मा म केही टाढा बस्नु र समय नमील्नुले चाहेर पनी जान मीलेको छैन तर भबीस्य मा जाने नै छु ।

रिडी मा तिन दीन मेला लाग्छ ।हामी केटा केटी हुदा जेठी संक्रांति माईली र कान्छी भनेर नामांकरण गरीन्थ्यो सायद आज पनी भनीन्छ होला ।हामी त्यो भेग का मानीसहरूलाई संक्रांति मा रिडी मेला हेर्न जाने कुराले 2/3 महीना अगाडी देखी नै बहस को रूप लिन्थ्यो स्कुल जाने क्रम मा साथीहरू संग यही छलफल भइराख्थ्यो ।यहा मेला को भन्दा पनी बुढापाका हरूमा गण्डकी नुहाउने कुराले पनी महत्व पाउछ ।टाढा टाढा बाट तिर्थालु आउने गर्छन ।
अहीले माघे संक्रांति आउदा त्यो वालापन को याद ले निकै सताउने गर्छ ।त्यो आमा को पछी लागेर रिडी गएको तिन दिन नै रिडी जाने अनुमती लिन का लागी घरमा संघर्ष गरेको आमा ले रिडी हराउन सकीन्छ भन्दै हात मा समातेर हीडाएको बाबा संग रीडी जाने खर्च माग्दा बाझेको यस्ता धेरै कुराले आज पनी माघे संक्रांति मेला लाई मीस गरेको अनुभुती दिलाउछ ।गाउमा मोटरबाटो थिएन त्यती बेला गाडी को नजीकै पुग्दापनी ठुलै सम्झीनु पर्थ्यो ।
एकपटक को संक्रांति मा मेरो साथी माधब केसब कोईराला (हाल दुबही ) हामी तिन जना संक्रांति मेलामा गएका थियौ। फर्कने बेला ट्रक को पछाडी चडीयो अर्गली सम्म आउनका लागी अनी ट्रक को पछाडी धेरै जना चढेका थिए झण्डै 50 जनाको हाराहारी मा थिए होलान ।अनी स्टाप ले भाडा माग्दै आए हामी भाडा दिन ईन्कार गर्यौ अनी हामीलाई कुडापानी को उकालो मा गाडी बाट झराल्दीए त्यो धुलो मा ,कती पटक त गाडी को पछाडी झुण्डीएरै पनी अर्गली आईएको छ ।रिडी मेला लाई मीस नगर्नै त्योभेग का कमै मानीस होलान धेरै कुरा सिकाएको छ कती को प्रेम बसाएको छ कती को छुटाएको छ यसैले त मानसपटल मा रिडी मेला रहीरहेको छ ।
माघ लाई खिचडी खाने महीना पनी भनीन्छ ।हाम्रो तिर खिचडी लाई खीत्रो पनी भन्छौ ।धेरै प्रकारका गेडागुडी दाल र चामल एउटै भाडा मा पकाउएपछी खीचडी तयार हुन्छ जस्तो लाग्छ आफुले पकाईएको छैन ।आमा ले यसैगरी पकाउनुहुन्थ्यो ।यसले पनी आज खीचडी खाने दीन भनेर परीवार मा ठुलै रौनक ल्याउथ्यो ।आमा को पनी बिहानै देखी तयारी हुन्थ्यो ।घ्यू संग खाएको आमाले बनाएको खीचडी आज सम्झदा मुख रसाउने गर्दछ ।वैदेशीक रोजगारी को क्रम मा बाहीर रहेकोले घरमा बिदा मनाउन जादा माघ महीना नपर्न पनी सक्छ त्यसैले खीचडी खाने मौका मीलीराको छैन ।हुन त जतीबेला खाएपनी हुन्छ तर माघ महीनाको खीचडी को छुट्टै महत्व हुन्छ ।
समय बित्दै जादा हरेक कुरालाई आफुले चाहादा चाहादै पनी छोडीदै गईदो रहेछ । अतीत को सानो सानो कुराले पनी कहोले काही एक्लै हसाईराखेको हुन्छ कहीले भावुक बनाईराखेको हुन्छ ।यो लेख मेरो त्यो वालापन को सम्झना मात्र हो ।कहीले हसाउने र कहीले भावुक बनाउने ति दीन को याद मात्रै हो ।
शेषु कोईराला दक्षीण कोरीया ।

Advertisements

LEAVE A REPLY