रुरूक्षेत्र रिडी

0
313

नारद गौतम/

 

लुम्बिनी अञ्चल अन्तर्गत पाल्पा स्याङ्जा र गुल्मी यी तीन जिल्लाको संगमस्थल रिडीमा बग्ने काली गण्डकी नदीलाई भागवत महापुराण पञ्चमस्कन्धले महानदी मानेको छ ।यो नदीमा विश्वमा नपाइने चक्र कुँदिएका काला शिला पाइन्छन् र तिनी भगवान् विष्णुका प्रतीक हुन् भन्छ स्कन्दपुराणले ।
शालिग्राम भनेर चिनाइका तिनी शिलाभित्र सुनको रेखा पनि हु्न्छ ।महिमा हेर्दा काली गण्डकी त भागिरथी गंगा भन्दा विशिष्ट छन् किनभने यसै नदीमा देवी स्वरूपा स्वयं नदी र रुरूकन्याको मागका कारण विष्णु भगवान् शालिग्राम र हृषीकेश मूर्तिका रूपमा प्रकट भई निवास गर्नुभएको पाैराणिक रोचक कथा भेटिन्छन् ।
रिडीका आकर्षक काली गण्डकी र भगवान् वि्णुको पूर्ण कदको मूर्ति रहेको मठ प्रमुख हुन् ।त्यहाँ ऋषिमहर्षिहरूले तपस्या गर्ने गरेका अोडार गुफा पनि छन् ।अचम्मेश्वर शिवलिंग , राधाकृष्णको र शिवका मन्दिर पनि दर्शनीय मानिन्छन् ।
माघको संक्रान्तिदेखि लगातार चार दिनसम्म भव्य मेला लाग्ने गर्छ ।घरेलु कम्बल डाला सुपा हाँडीघैंटादेखि अन्य विविध सामग्री राखिएको हुन्छ ।
कथाप्रवचन ।गीतनाच ।लोकनृत्य ।चिट्टा ।जादुखेल ।
कृषि प्रदर्शनी आदि आदि हेर्न सुन्न पनि पाइन्छ ।
यो क्षेत्रको धार्मिक महिमाका मर्मज्ञहरूको गंगामा स्नान अनि भगवान् को दर्शन गर्न घुइँचो लाग्छ ।

Advertisements

LEAVE A REPLY