जांगरिला हातको कमाल देखियो धुर्मुस-सुन्तलीको कामबाट सरकारले सिकोस्ः महजोडी

0
233

१ माघ, बर्दिबास । महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)ले धुर्मुस-सुन्तलीको कामबाट सरकारले सिक्नु पर्ने बताएका छन् ।धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण कार्य थालेको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्ती पुगेका मह जोडीले देश विदेशमा रहेका सबै नेपालीलाई खुलेर सहयोग गर्न अपील गरे ।

Advertisements

धुर्मुस सुन्तलीले हास्य व्यंग्यमा मात्र नभई विकास निर्माणको धाराबाहिक श्रृंखला जनता सामु पस्किरहेको बताए । मदनकृष्ण श्रेष्ठ भने,’ नयाँ पुस्ता नयाँ काममा छ । के तपांईहरुलाई शंका छ..? हाम्रो हास्य कलाकारिता क्षेत्रमा मान्छे -दर्शक) हँसाउनेमात्र हैन, देश हँसाउने पात्र छन् । धुर्मुस र सुन्तलीको अभियानको सिको नगरे नेताहरुको भोट गुम्छ ।’हरिबंश आचार्यले धुर्मुस सुन्तलीको विकास निर्माणको अभियानबाट सरकारले सिक्नु पर्ने ले बताए । उनले भने’ मदन दाइले भन्नु भयो नि..। नयाँ पुस्ताप्रति गर्व गछौं । धुर्मुस र सुन्तलीबाट देश बनाउने ज्ञान सरकारले सिकुन ।’

महजोडीले धुर्मुस सुन्तलीले थालेका देश निर्माणको काम सिङ्गो कलाकारिता क्षेत्रले गर्व गर्न लायक भएको बताए । श्रेष्ठले भने,’पुस २५ गते शिलान्यास गरेको एकिकृत नमुना मुसहर बस्तीको निर्माण काम पाँच दिनबीच निर्माणको काम निकै अघि बढेछ । काम कसरी अघि बढ्छभन्ने दृष्टान्त बनेको छ ।’५० वटा घर बन्ने भनेकोमा २० वटाको जग हालेर दण्डी ठडिएको देख्दा आश्चर्य व्यक्त गर्दै मह जोडीले भने, ‘जांगरिला हातको कमाल देखियो । धुर्मुस-सुन्तली बस्ती बनाउनुका साथै नेपालीको मन जोड्न तराई झरेका हुन् ।’

काम सुरु भएको १०० दिनमै घर हस्तान्तरण गरिने घोषणा गरिएको छ । दैनिक झन्डै २ सय कामदार खटेर जाडो मौसममा बस्ती खटेर निर्माणको काम गरिरहेका छन् । ६५ जना गाउँले श्रमदान गरिरहेका छन् ।काम गर्दै गरेका महिला दिदी बहिनीले नमस्कार गर्दा महजोडी खुसी भए । हरिवंशले दिदी बहिनीहरुसँग हात मिलाउँदै भने, ‘मन सोझिएको छ, काम सोझिएको छ । आउने वैशाख १ गते नयाँ बर्षमा यहाँहरु (मुसहरहरु) नयाँ घरमा सर्छन् ।

LEAVE A REPLY